नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 23, 2013

'सबै भन्दा धनी'

joli

लस एन्जल्स (एजेन्सी), असार ९ - केही सातायता हलिउड नायिका एन्जेलिना जोली सर्वाधिक चर्चामा छिन् । सधैं सौन्दर्यता र अभिनयका कारण मिडियाको समाचार बन्ने गरेकी उनले केहीअघि आफैंले लेखेको समाचारले विश्व नै हल्लाइन् ।
क्यान्सर खतराका कारण दुवै स्तन काटेर फालेकी उनले उक्त खबर केही सातापछि मात्रै आफ्नै लेखमार्फत खुलासा गरिन् । निकट भविष्यमै विवाह गर्ने समाचार आइरहेका बेला जोलीको पछिल्लो अवस्थामा प्रेमी ब्राड पिटको कदमलाई लिएर चासो राखिएको थियो । उक्त घटनाले रोलमोडल मानिने ब्रान्जेलिना जोडीलाई नै टुटाउने अनुमानलाई ब्राडले गलत सावित गरिदिए । जोलीको कदमलाई साहसिक भनी टिप्पणी गरेका उनले यतिबेला आफ्नो परिवारका कारण आफू सर्वाधिक सम्पन्न र धनी व्यक्ति भएको जिकिर गरेका छन् ।
'तपाईं आफैं थाहा पाउन सक्नुहुन्छ, आफ्ना सन्तान खेल्दै हुर्किरहेको हेर्न पाउँदा परिवार हुनुको महत्त्व कति छ भनेर । बाबु हुनुकै नाताले ममा धेरै परिवर्तन आएको छ, थप उदार र जीवन्त भएको छु,' ब्राडले थपे, 'बच्चाहरू मेरो जीवनको अभिन्न अंग बनेका छन् । बाबु भएको नाताले उनीहरूलाई शिक्षित पार्नु र भविष्यको बाटो देखाउने मेरो कर्तव्य हो । जब म बाबु बने तबदेखि नै आफूलाई संसारमा सबैभन्दा धनी मान्छे मै हुँ ।' उनी र जोलीकै कोखबाट तीन सन्तान जन्मेका छन् भने बाँकी तीन एडप्ट गरेका छन् ।

0 comments

Post a Comment