निर्माता संघका अध्यक्ष राजकुमार राइले आफूहरुले बारम्बार मिलाउन खोज्दा पनि नमिलेपछि जावलाखेल प्रहरी प्रभागलाई सहयोगका लागि पत्र काटेको बताए । रेजिना विरुद्ध अहिले जिल्ला प्रशासन कार्यलय ललितपुर र जावलाखेल प्रहरी प्रभागमा उजुरी परेको छ । छानविन गरी कारबाही, घाटाको क्षतिपुर्ती र विदेश जानका लागि पासपोर्ट जफत गरी पाउँ भनी निर्मात्री कविता श्रेष्ठले उजुरी दिएकी हुन् ।
उनले गृहमन्त्रलायमा भने भोली उजुरी दिने बताएकी छिन् । रेजिनालाई प्रहरीले आइतबारसम्म पक्राउ गर्ने कविताको भनाई छ । ‘के गर्नु जति कुरे पनि नमानेपछि उजुरी दिनै पर्यो नी’, कविताले अनलाइनखबरसँग भनिन् ।
यता नायिका रेजिना उप्रेतीले भने शुक्रबार कविता विरुद्ध मानहानीको मुद्दा हाल्ने बताएकी छिन् । ‘निर्माता संघमा बार्ता हुने कुरा छ, शुक्रबार छलफल हुने थाहा पाएको छु’, उजुरीको बारेमा आफूलाई केही थाहा नभएको रेजिनाले अनलाइनखबरलाई बताएकी छिन् । अन्तत रेजिना र कविताको लफडा प्रशासनसम्म पुगेको छ ।
0 comments
Post a Comment