अमेरिकामा पूर्व पतिको लिङ्ग काट्ने एक महिलालाई त्यहाँको अदालतले जन्मकैदको सजाय सुनाएको छ । ५० वर्षीया क्याथरीनलाई २०११ जुलाइमा पूर्व पतिको लिङ्ग काटेर खानेकुरा फाल्ने ठाउँमा फालेको आरोप‍ लागेको थियो ।
उनका वकिलले यसका लागि पूर्व पति र बाल्यकालमा भएको दुर्व्यवहारलाई दोषी भएको बताएका छन् । यता क्याथरीनले भने आफ्नो कामप्रति कुनै पश्चाताप नभएको बताइन् ।
क्याथरीनका पूर्व पतिले घटनापछि आफ्नो जिन्दगीको एक हिंस्सा ध्वस्त भएको बताए । उनले आफ्नो पहिलाको पहिचान पनि संकटमा परेको बताए ।
अभियोग पत्रमा क्याथरिनले आफ्ना पूर्व पतिलाई स्लिपिङ ट्याव्लेट दिएर ओछ्यानमा बाँधिदिएको र त्यसपछि छुरा प्रहार गरेको बताइएको छ ।
0 comments
Post a Comment