नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

डिएचएलको पार्सलमा २९ लाख ६५ हजार नक्कली भारू

१० असार, वीरगञ्ज । डिएचएलको पार्सलमा राखेर पठाएको २९ लाख ६५ हजार नक्कली भारतीय रूपैयाँसहित ३ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय विषेश व्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज उपमहानगरपालिका–१५ मुर्ली बस्ने मनोहर गिरी भन्ने रंन्जीत झा, बारा प्रस्टोका–३ घर भई वीरगञ्ज–१८ भिष्वा बस्ने रामेश्वर सहनी र पर्सा भेडीयारी– ८ घर भई हाल वीरगञ्ज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारीलार्इ पक्राउ परेको हो ।
 विषेश सुराकीको आधारमा म्यूजिक किबोर्डभित्र नक्कली भारतीय रुपैयाँ डिएचएलको पार्सलमा फिटीङ्ग गरी मनोहर गिरी (नक्कली नाम)ले पाउने गरी कुरीयर गरि नेपाल आउदै छ भन्ने सूचनाको आधारमा वीरगञ्ज महावीर स्थानमा निग्रानी गर्दा सामान रिसीभ गर्न आएका मनोहर गिरी भन्ने रंन्जीत झालाई नक्कली भारतीय नोट २९ लाख ६५ हजार सहीत पक्राउ गरिएको प्रहरीले जनाको छ ।
सामान लिनको लागि बारा जिल्ला प्रस्टोका–३ घर भई बिरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनीले पठाएको भनि निजले वताएपछि उनलाई पक्राउ गरिएको थियो । उनीसँग सोधपुछ गर्दा १ महिना अगाडीदेखि वनाएको योजना अनुसार सामान लिन र भनेको ठाउंमा पु¥याई दिनको लागि मिथिलेश तिवारीले भनेको खुल्न आएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।
फेला परेको हजार दरको नोट १ हजार ६ सय ९० थान र ५ सय दरको नोट २ हजार ५ सय ५० थान रहेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments

Post a Comment