नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 29, 2013

एउटा प्रतिभाको अस्त

sarad
अमेरिकाको सान फ्रान्सिस्को सहरको साढे दुई माइल लामो 'कल्डिकट हाइवे टनेल' को उद्घाटन आगामी अक्टोबरमा क्यालिफोर्निया राज्यका गर्भनरबाट हुँदै थियो । यो निर्माणलाई लिएर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको ब्लगमा राष्ट्रपति बाराक ओबामाले समेत 'अमेरिका पुनःनिर्माणमा यो एउटा उपलब्धि हो' भन्ने मन्तव्य दिएको उल्लेख छ । क्यालिफोर्नियाको महानगरीय यातायात आयोगको वेबसाइटमा मुस्काइरहेका भाष्करको तस्बिरलाई दिइएको क्याप्सनले भन्छ, 'डिजाइनर भाष्कर थापा यसरी मुस्काउनु सान्दर्भिक छ, किनभने टनेलको दुबै साइडबाट डि्रलिङ गर्ने काम सकिएको छ ।' ४० करोड अमेरिकी डलरको यो परियोजनाको उद्घाटनमा सबैभन्दा बढी चर्चा नेपाली इन्जिनियर भाष्कर थापाकै हुनेछ । किनभने यो परियोजनाको डिजाइनर र चिफ इन्जिनियर उनै हुन् ।
यही सेप्टेम्बरमा ५० वर्ष पुग्ने उनले संसारले गर्व गर्ने आफ्नो काम देखाउन अमेरिकामै पारिवारिक जमघटको प्रबन्ध मिलाएका थिए । प्रारब्धले भाष्कर थापाको पारिवारिक जमघट अमेरिकामा तय भएभन्दा तीन महिना पहिले काठमाडौंमा हुनगयो, त्यो पनि उनको निधनको शोक मनाउन । अमेरिकामै रहँदा हृदयाघातका कारण गएको मंगलबार उनको निधन भयो ।
बानेश्वर हाइटको निवासमा उनका ७८ वर्षे पिता डा. भेषबहादुर थापा भन्दै थिए, 'अब केटाकेटीले टेकओभर गर्छन्, हामी बूढाबूढी आनन्दले बसौंला भन्ने सोचेका थियौं । आफूले गरेको कामको प्रशंसा पनि सुन्न नपाइ गयो ।'
भाष्कर अमेरिकाको इन्जिनियरिङ कन्सल्टिङ र्फम 'ज्याकोब्स एन्ड एसोसिएट्स' सँग आबद्ध थिए । यही कम्पनीले 'कल्डिकट इम्प्रुभमेन्ट प्रोजेक्ट' को जिम्मा लिएको थियो । २०१२ मार्चमा सुरु भएको यो परियोजनाका प्रमुखका रूपमा प्राविधिक पक्षमात्रै होइन, कामदार सुरक्षामा पनि उनले नै ध्यान पुर्‍याउनुपथ्र्यो । परियोजना तयारी, जोखिम विश्लेषण, रक मेकानिक्स, पहिरो अनुसन्धानका उनी विशेषज्ञ थिए । उनले प्रोजेक्ट म्यानेजरका रूपमा यसअघि क्यालिफोर्नियाकै एडिंगर च्यानेल टनेलमा पनि काम गरेका थिए । टनेल इन्जिनियरिङमा उनको १७ वर्षको अनुभव थियो । सिभिल इन्जिनियरिङमा उनले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट पीएचडी गरेका थिए । इन्जिनियरिङमा बीएस र एमएसचाहिँ अमेरिकाकै कार्नेगी मेलोन विश्वविद्यालयबाट गरेका थिए ।
भाष्करलाई नेपालमा काम गर्नुपर्छ भन्ने कलेज पढ्दैदेखि लाग्थ्यो । अमेरिकाको विश्वविद्यालयमा पढे पनि मास्टर्सको थेसिस उनले नेपालकै वरुण नदीमाथि लेखेका थिए । नेपालको जलविद्युतको अपार सम्भावना छ भन्ने उनले नबुझ्ने कुरै थिएन । त्यसैले नेपालमै जलविद्युतको क्षेत्रमा केही गर्नुपर्छ भनेर उनी आफ्ना साथीभाइलाई सुनाइरहन्थे । सेन्ट जेभियर्स स्कुल पढ्दाका उनका सहपाठी बैंकर राधेश पन्त भन्छन्, 'ऊ आफ्नो ज्ञान र सीप नेपालमा प्रयोग गर्ने उपयुक्त समय खोजिरहेको थियो ।'
अमेरिकामा पढेर मात्र भएन । त्यहाँको काम गर्ने शैली पनि सिक्नुपर्‍यो । फेरि आफूले सिकेको ज्ञानको उपयोग गर्न पनि पाउनुपर्‍यो । त्यतिबेला उनले पढेको विषयमा नेपालमा कुनै काम हुन्थेन । तैपनि जियो टेक्नोलोजीका समेत ज्ञाता उनी नेपाल फर्किए । जबकि उनका मातापिता अमेरिकामै थिए । डा. भेषबहादुर थापा त्यतिबेला अमेरिकाका लागि नेपाली राजदूत थिए ।
भाष्करले १९८८ देखि ९१ सम्म इसिमोडमा काम गरे । त्यतिबेलाका उनका सहकर्मी इन्जिनियर वीरेन्द्र देउजा भन्छन्, 'उनी असाधारण क्षमता भएका इन्जिनियर थिए । उनले आफ्नो रुचिको क्षेत्रमा पढ्ने मौका पाए, र आफ्नो योग्यता प्रमाणित पनि गरे । असमयमै उनको निधनले नेपालले मात्रै होइन, विश्वभरकै वैज्ञानिक समुदायले क्षति बेहोर्नुपरेको छ, किनभने यस्तो योग्यता र सीप भएका मानिस बनाउन धेरै लामो समय लाग्छ ।'
टनेल इन्जिनियरिङमा भाष्करको गणना अमेरिकाभरका शीर्ष इन्जिनियर मध्येमा हुन्छ । भूकम्पीय जोखिम भएको र तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण कल्डिकट टनेल हाइवेको काम पनि उनले यसैकारण पाएका हुन् । देउजा भन्छन्, 'निकै कम मानिसले मात्र त्यो खालको प्राज्ञिक ज्ञान पाएर त्यति उच्च तहसम्म पुगेर काम गर्ने अवसर पाउँछन् । झन् नेपालीका सन्दर्भमा त यो दुर्लभजस्तै हो ।'
अघिल्लो वर्ष जुलाईमा भाष्कर नेपाल आएका थिए, आफ्ना मातापिताको वैवाहिक समारोहको पचास वर्ष पुगेको अवसर पारेर । त्यतिबेलै उनले नेपालमा सडक र हाइड्रोपावर प्लान्टका लागि टनेल बनाउँदाका चुनौतीबारे भौतिक योजना तथा निर्माण मन्त्रालयमा पि्रजेन्टेसन पनि गरेका थिए । वीरेन्द्र देउजा भन्छन्, 'उनी नेपाल फर्किने वातावरण बनाउँदै थिए ।'
भाष्करका स्कुले सहपाठी आफ्ना क्षेत्रका गिनेचुनेका व्यक्ति छन्, बैंकर राधेश पन्त, अनिलकेशरी शाह, नेपाली सेनाका बि्रगेडियर जनरल अरुण घले, पाइलट विजय लामा । नेपाल आएका बेला उनले आफ्ना सहपाठीहरूलाई नेपालमा काम गर्ने वातावरण बारेमा सोधेका थिए । त्यतिबेला भाष्करलाई भेटेका बैंकर राधेश पन्त भन्छन्, 'कल्डिकट टनेल हाइवेको काम सकेपछि अब नेपाल फर्किन सजिलो हुन्छ भन्ने उसलाई लागेको थियो ।' नेपाल आउँदा उनलाई केहीले 'राजनीतिक स्थिरता छैन, कामदारको समस्या छ । त्यसैले तत्काल काम गर्ने वातावरण अलि बनिसकेको छैन । अझै केही वर्ष अमेरिका बसेर नेपाल फर्किनु उपयुक्त होला' भनेर सुनाएका पनि थिए । टनेल बनाउनु निकै कठिन काम हो, साथै खर्चिलो पनि । तर नेपालजस्तो पहाडै-पहाडको देशमा यसको उपयोगिता पनि धेरै छ भन्ने उनलाई थाहा नहुने कुरै भएन । राधेश सम्झन्छन्, 'फास्ट ट्रयाकमा पनि भाष्करलाई रुचि थियो, त्यस बाहेक ठूला हाइड्रोपावर प्रोजेक्टका लागि केही किलोमिटरको टनेल बनाउनैपर्ने हुन्छ । त्यसका लागि सबै नेपालीले खोज्ने व्यक्ति उही हुनसक्थ्यो । नेपालमा काम गर्ने वातावरणका विषयमा मेरो भिन्न धारणा थियो । मैले उसलाई भनेको पनि थिएँ कि आएर काम गर्न थालेपछि वातावरण बनिहाल्छ । सायद उसको मनस्थिति पनि यो कल्डिकट आयोजना पनि नेपाल आउने भन्ने नै थियो ।'
कूटनीतिज्ञ डा. भेषबहादुर थापा र जनस्वास्थ्यविज्ञ डा. रीता थापाका तीन सन्तानमध्ये भाष्कर जेठा छोरा थिए । उनकी बहिनी तेजश्री मानवअधिकार क्षेत्रमा क्रियाशील हुन् भने अर्की बहिनी मञ्जुश्री थापा नाम चलेकी साहित्यकार हुन् । सम्भ्रान्त परिवारमा जन्मेर उच्चशिक्षा पाएका र विलक्षण प्रतिभाका भए पनि भाष्कर साधारण थिए । वीरेन्द्र देउजा सम्झन्छन्, 'त्यत्तिको प्रतिभा भएको व्यक्तिमा कुनै दम्भ नहुनु अचम्मको कुरा थियो ।'
सेन्ट जेभियर्समा टेनिसका नामी खेलाडीका रूपमा भाष्करलाई उनका साथीहरू चिन्छन् । तर टेनिस खेल्दा-खेल्दै उनले मृत्युवरण पनि गरे । टेनिस खेलेर आराम गर्न बस्दाबस्दै उनलाई हृदयाघात भएको थियो । अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषित गरे । श्रीमती र दुई छोराका पिता उनी चम्किँदै गरेका सूर्य थिए, तर असमयमै अस्ताए ।

0 comments

Post a Comment