शुक्रबार बेलुकी नायिका मानन्धरले अनलाइनखबरसग यस्तो रहस्य खोलेकी हुन् । आखिर उनलाई हाल किन धेरैले सेक्सी भनेर बोलाउ“छन् त, करिश्मा भन्छिन्, ‘फेसबुकमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को तस्बिर र पोष्टर राख्न थालेपछि धेरैले सेक्सी भन्न थाले ।’ करिश्माले गरेको चुम्बनको तस्बिर र दृश्य सार्वजनिक भएपछि उनलाई धेरैले सेक्सी करिश्मा भन्न थालेका हुन् ।
उनले निर्देशक उकेश दाहालालाई भनिन्, ‘फेसबुका खाली ग्ल्यामर तस्विर ट्याग गर्दा मलाई सबैले सेक्सी भन्न थालिसके ।’ निर्देशक उकेश दाहालले यतिबेला चलचित्रको पोष्टर कलाकार र पत्रकारको फेसबुकमा पोष्ट गरिरहेका छन् । चलचित्रमा नायिका अरुणिमा लामा र राजेश हमालको उत्तेजक दृश्य समेत समावेश छ । उकेशले सोही दृश्यलाई पोष्टरमा समावेश गरेर फेसबुकमा पोष्ट गरिरहेका छन् । यो चलचित्र साउन ३२ गतेबाट प्रदर्शनमा आउदैछ ।

0 comments
Post a Comment