नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 25, 2013

धूवाँ मात्रै कि ?

Anushka Sharma

मुम्बई (एजेन्सी), असार ११ - समय बलवान् हुन्छ त्यसै भनिएको होइन । केही समयअघि मात्रै सिँगौरी खेलेका अनुष्का शर्मा र सुशान्त सिंह राजपूत यति चाँडै एउटै रेखामा हिँड्लान् भन्ने कसलाई थाहा ? त्यो पनि अँगालो मारेर ?
अनुष्का र सुशान्त दुवै आमिर खान लिड रोलमा रहेको 'पीके' मा खेलिरहेका छन् । अनुष्काले रोल सानो रहेको भन्दै 'काई पो चे' स्टारको खिल्ली उडाउन खोजेकी थिइन् । सुशान्तले पनि प्रत्युत्तरमा वचनवाण प्रहार गरेका थिए । तर यी दुईबीचको समीकरणले अब यू टर्न लिएको छ ।
२५ वर्षे अनुष्का र २७ वर्षे सुशान्त राजकुमार हिरानी निर्देशित उक्त फिल्मको सुटिङका लागि हाल बेल्जियममा छन् । फिल्म युनिटबाट चुहिएको खबर अनुसार, युरोपेली मुलुकमा दुवैले पुराना कुरालाई भुल्ने गरेका छन् । उनीहरू यति घनिष्ठ देखिने गरेका छन्, मानौं अनुष्काले विगतको अन्तरवार्तामा उक्त फिल्ममा सुशान्त 'मेरो जीवनको छोटो अध्यायमा देखिनेछन् र त्यो आठ दिनको मात्रै हुनेछ' भनेकै थिइनन्, मानौं त्यसको जवाफमा सुशान्तले राँकिँदै 'कुनै पनि रोल सानो हुँदैन, एक्टरहरू मात्रै साना हुन सक्छन्' भनेकै थिएनन् ।
यति चाँडो यी दुवै नजिकिनुको कारण के हुन सक्छ ? बेल्जियमको सुन्दर प्रकृतिको कमाल ? आआफ्ना परिवारबाट टाढा रहेका यिनलाई आवश्यकताको सिद्धान्तले निकट बनाएको पनि हुन सक्छ । आयो नबली धूवाँ उडेको त होइन होला ।

0 comments

Post a Comment