नेकपा माओवादी क्रान्तिकारी २ नम्बर मध्य फर्मेशनको नाममा निकालेको प्रेस विज्ञप्ति (तल हेर्नुहोला)संगै निलो र हरियो रंगको झोला भित्र बिहान प्रेसर कुकुर–टाईम बम फेला परेको थियो । त्यो बमलाई लाई नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट आएको टोलीले डिस्पोज गरेको हो ।
बम डिस्पोजल टोलीका सहसेनानी मातृका कुवँरका अनुसार १२ घण्टापछि पड्किने गरि घडी लगाएर बम बिहान राखिएको र डिस्पोजमा ५ घण्टा ढिला भएको भए ठुलो क्षति हुन सक्ने थियो । उहाँका अनुसार दुईवटा डेटोनेटर राखेर दुई लिटरको कुकर भरी गन पाउडर भरिएको थियो ।
रेग्मीको घरमा बस्दै आएका नवलपरासीका श्रीराम थापाले विहान पानी खोल्न जाने क्रममा शंकास्पद झोला देखेपछि प्रहरीलाई खवर गर्नुभएको थियो । रेग्मीको घरदेखि करिव ४० मिटरको दुरीमा उत्तरपश्चिम तर्फ रहेको काब्रोको रुखमुनि बम भेटिएको हो ।
वर्तमान कठपुतली सरकारले जनतालाई झुक्काउन संविधान सभाको चुनाव गराउन लागेको भन्दै चेतावनी स्वरुप कारवाही गरिएको बम संगै भेटिएको विज्ञप्तिमा उल्लेख छ ।
क्रान्तिकारीका कमाण्डर हिमाल र कमिसार दर्शनद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिगामीहरुको संविधान सभा र संसदीय व्यवस्थाको दुसप्रचारको प्रभावमा नपरि सचेतापुर्वक जनयुद्धको विद्रोहात्मक संर्घषमा जुट्न सबैसंग आह्वान गरिएको छ ।
नेकपा माओवादी क्रान्तिकारीको विज्ञप्ति र बम डिस्पोज पार्ने क्रमका केही तस्बिर । तस्बिर देब पचभैया/उज्यालो ।

0 comments
Post a Comment