
यथार्थ घटना फ्रान्सको हो । श्रीमानको निधनपछि १० वर्षदेखि एक्लो जिवन बिताइरहेकी लियोनकी बासिन्दा यी सम्धिनीले छोरी अन्माउँदै गर्दा सम्धीसँग पिरती गाँसेकी हुन् । बेहुली फ्यानेट्टीकी आमा सोफी मेगनान र बेहुला इयानका बुवा डेभिडबीच सोही माया पिरती अन्ततः वैवाहिक सम्बन्धमा परिणत भयो ।
बुहारीकी आमालाई दुलही बनाएर भित्राउँदा बेलायतका सम्धीज्यू डेभिड पनि निकै खुसी भएका छन् । नहोउन् पनि किन पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनी १५ वर्षदेखि एक्लो जिवन बिताइरहेका थिए ।
शुभकामना छ श्रीमान श्रीमती बनेका यी सम्धी सम्धिनीलाई ।
0 comments
Post a Comment