
चीनको गुआंडोङ प्रान्तमा बस्ने चेन नामकी महिलाको कथा हो यो । उनको सात महिने छोरा जिआओ वेइको पुच्छर पलाएको छ र त्यो दिनदिनै बढिरहेको छ । मेरुदण्ड राम्रोसँग नबनेको अर्थात् स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित उक्त बालकको पुच्छर हटाइदिन आफुले धेरैजना सर्जनसँग आग्रह गरेपनि डाक्टरहरुले त्यो असामान्य रहेको भन्दै सर्जरी गर्न अस्विकार गरेको चेन बताउँछिन् ।

शल्यचिकित्सक हुआंगका अनुसार त्यो बालकको पुच्छर निकै विकशित भैसकेको छ र अहिले १० सेन्टिमिटर लामो भैसकेको छ । यसलाई काटेर फ्याँकेपनि त्यो फेरी पलाउने भन्दै उनले यसको वृद्धि रोक्नका लागि सबैभन्दा पहिले सुसुम्नाकै उपचार गर्नुपर्ने बताए ।

0 comments
Post a Comment