नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 30, 2013

पदत्याग प्रस्ताव फिर्ता लिन भट्टराईलाई आग्रह

Baburam Bhattarai


काठमाडौ, असार १६ - एमाओवादीको पदाधिकारी बैठकले उपाध्यक्ष डा बाबुराम भट्टराईलाई पदत्यागको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको बैठकले उपाध्यक्ष डा भट्टराईलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गरेको हो ।
उपाध्यक्ष भट्टराईले पार्टीमा पदको आकांक्षी बढेको भन्दै हिजो पदत्यागको घोषणा गरेका थिए ।
यसैगरी बैठकमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गरिएको साङ्गठनिक प्रस्तावको सन्दर्भमा पार्टीका नेताहरुले प्रस्तुत गर्नुभएको विचार तथा सुझावलाई समेटेर अगाडि बढ्ने विषयमा छलफल भएको पार्टी महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए  ।
उनले भने ,“पदाधिकारी बैठकमा सबै विषयमा छलफल भएको छ, सोही छलफलको आधारमा आज पुनः केन्द्रीय समितिको बैठक बसेर अन्तिम निष्कर्ष निकालिन्छ ।”
पार्टी केन्द्रीय समितिको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा विवाद भएपछि केन्द्रीय समितिको बैठक लम्बिँदै गएको छ ।
साङ्गठनिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
एमाओवादी अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा नौ सदस्यीय पार्टी पदाधिकारी, सात जना वैकल्पिकसहित २५ सदस्यीय स्थायी समिति, १४ वैकल्पिकसहित ५१ सदस्यीय पोलिटब्युरो र १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ

0 comments

Post a Comment