नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

नेपाली बजारमा होण्डा अमेज, मूल्य २८ लाख (फोटो फिचरसहित)

१० असार, काठमाडौं । जापानीज लक्जरी कार होण्डा अमेज नेपाली बजारमा भित्रिएको छ । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार टे्रडिङ कम्पनीले होण्डा अमेजको एसएमटी मोडेल नेपाली बजारमा भित्राएको हो । होण्डा अमेजको सोमबार राजधानी विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।
नेपाली मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरेर ल्याइएको होण्डा अमेजको मूल्य २८ लाख रुपैयाँ रहेको छ । नेपालको कार बजारमा अमेजले आफ्नो उपस्थिती बलियो बनाउने ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतीले अपेक्षा गर्नुभयो । यो कार नेपालीको पकेट र बजेट सुहाउँदो रहेको बताउँदै उहाँले नेपाली बाटोमा चलाउन सकिने गरि निर्माण गरिएको बताउनुभयो । पारिवारीक कार होण्डा अमेज पछिल्ला प्रविधिले भरिपूर्ण रहेको कम्पनीले दाबि गरेको छ ।

Honda Amaze Nepal (1)

यो कारको सबैभन्दा आकर्षक विशेषता उच्च माइलेज दिनु हो’ स्याकार ट्रडिङका अध्यक्ष शौरभ ज्योतिले भन्नुभयो- ‘पावरफुल भएको कारण जुनसुकै ठाउँमा सहजै लैजान सकिन्छ ।’ होण्डाले सुरक्षामा सम्झौता नगर्ने हुँदा अमेज पूर्णतया सेफि्ट कार भएको उहाँले दाबि गर्नुभयो । निकट भविष्यमा होण्डा अमेजको इमटी र इएक्सएमटी मोडेल पनि नेपाली बजारमा भित्राउने उहाँले जानकारी दिनुभयो । यी कारको मूल्य क्रमशः २५ लाख ५० हजार रुपैयाँ र २६ लाख ५० हजार रुपैयाँ पर्नेछ ।
होण्डा अमेजले नेपाली बजारमा सुजुकीको डिजाएर गाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने कम्पनीकी प्रमुख ब्राण्डिङ अफिसियर सिर्जना ज्योतीले बताउनुभयो । मध्यम मूल्यमा उपलब्ध भएको हुँदा अमेजले सजिलै अन्य कम्पनीका कारसँग प्रतिस्पर्धा गर्न सक्ने उहाँको दाबि छ । होण्डाको पेट्रोल कार भित्राउँदै आएको कम्पनीले छिट्टै डिजेल इन्जिनका कार भित्राउने कम्पनीले जनाएको छ ।
यस्ता छन सुविधा
पेट्रोल इन्जिन भएको होण्डा अमेजले स्वचालित ट्रान्मिसनमा प्रतिलिटर १५.५ किलोमिटर माइलेज दिन्छ भने म्यानुअल ट्रान्मिसनमा प्रतिलिटर १८ किलोमिटरसम्म माइलेज दिन्छ । स्मार्ट माइक्रो लिमोजिनमा आधारित यस कारमा स्टाइलिस डिजाइन, छाँटिलोपन, हाँक्न सहज र फराकिलो बस्ने ठाउँ रहेको छ । कारमा शरिरलाई आरमदायी तरिकारले राख्न र घुँडा तन्काउन मिल्ने, टाउको नठोक्किने र खुट्टा फैलाउनका लागि प्रयाप्त स्थान रहेको कम्पनीले दाबि गरेको छ ।
Honda Amaze Nepal (2)

यस कारमा २ थान मध्यम खालको लगेज र २ थान सानो खालको लगेज राख्न सकिने ४ सय लिटर क्षमताको स्थान रहेको छ । यसमा होण्डाको सक्रिय र निष्त्रिmय सुरक्षा प्रविधिहरु एसआरएस एयर ब्याग्स, पाङ्ग्राहरुलाई बन्द गर्दा सुरक्षा दिने एण्टि लक ब्रेक प्रणाली , ब्रेकको क्षमता बृद्धि गर्ने विद्युतीय ब्रेक वितरण, सिट बेल्टहरु लगाएतका सुरक्षा प्रणाली रहेको छ ।
अमेजमा बाहृय स्टाइल आकर्षक ढंगबाट बनाईएको हुँदा स्र्पोटी लुकमा देखिन्छ । ३ हजार ९ सय ९० मिमि लम्बाई, १ हजार ६ सय ८० मिमि चौडाई र १ हजार ५ सय ५ मिमि उचाई रहेको यस कारमा २ हजार ४ सय ५ मिमिको हृवीलबेस रहेको छ । अमेजमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र ५ स्पिड अटोमेटिक ट्रान्समिसन रहेका छन् ।
होण्डा अमेज ६ रङमा उपलब्ध छ । यस कारले नेपाली उपभोक्ताको मन जित्न सक्ने कम्पनीले अपेक्षा गरेको छ । यो कार सहजै पार्किङ गर्न सकिने कम्पनीले बतायो ।

Honda Amaze Nepal (3)

Honda Amaze Nepal (4)

Honda Amaze Nepal (5)

Honda Amaze Nepal (12)

Honda Amaze Nepal (17)



0 comments

Post a Comment