नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 24, 2013

म खोंचमा परें, छोराबुहारी उछिट्टएि

पाल्पा, असार १० - 'साँझ ९ बज्न लागेको थियो होला । म र छोराबुहारीले खाना खाइसकेका थियौं । श्रीमती खाँदै थिइन् । छोरीहरू खाना खाएर सुतेका थिए । म खाटमा बसेको थिएँ । एकै पटक गल्र्याम्म गर्दै घर भत्कियो । म खोंचमा परेछु । छोराबुहारी कोठामा थिए । कसरी उनीहरू बारीतिर उछिट्टएिर धन्न बाँचेछन् ।' मंगलबार राति आफ्नो घर पहिरोले पुरिँदाको अवस्था जानकारी गराउँदै बिरकोट ३, पोखरीछापका बलबहादुर बारघरेले भने ।
बारघरेको घर पहिरोले पुरिँदा खाना खाँदै गरेकी श्रीमती ४६ वषर्ीया भविसरा, खाटमा सुतेकी १३ वषर्ीया छोरी निरमाया र अर्की छोरी १० वषर्ीया मनिषाको घटनास्थलमै मृत्यु भएको थियो । घरमा सुतेको अवस्थामा माथिबाट खसेको पहिरोले उनको घर पुरिएको हो । 'मलाई उछिट्टएिको छोरा आएर बल्लतल्ल निकाल्यो,' उनले भने, 'पानी पर्न नरोकिएकाले रातभर केही गर्न सकिएन ।' बिहान तीन घन्टा लगाएर तीन जनाको शव निकालेका थिए । उनको घरलाई पहिरोले पूरै च्यापेको छ । श्रीमती र छोरीहरूले ऐया गरेको पनि सुन्न नपाएकामा अहिले पनि उनका आँखा रसाउन छाडेका छैनन् । भने, 'यस्तो विपत्ति कसैलाई नआओस् ।'
छोरा कमलका साथै उनकी श्रीमती डेढ वर्षको नाति र ९ दिनको शिशु कोठामा सुतेका थिए । उनीहरू पनि बलबहादुरजस्तै सामान्य घाइते भएका छन् । सदरमुकाम तानसेनदेखि ३५ किलोमिटर पूर्व भएको घटनामा परेकाको उद्धार बुधबार दिउँसोमात्र भएको थियो । उनलाई अहिले पनि घटना सम्भ“mदा डर लागेर आउँछ । त्यही छेउमा उनलाई घर बनाउनसमेत मन छैन । 'त्यही ठाउँमा बनाए पनि केही तल बनाउँछु,' उनले भने, 'पहिरो जालाजस्तै थिएन । कसरी खस्यो सबै अचम्म परेका छन् ।'
बिरकोट ३ कै खाक्सीमा रहेको उनका भाइको घरमा छोरालाई किरिया बसालेका छन् । सोही गाउँकै पदमबहादुर सारूको घरसमेत पहिरोले ध्वस्त छ । गाविस सचिव टंक आचार्यले दैवी प्रकोप उद्धारका लागि कुनै पनि कोष नहुने भएकाले सहयोग गर्न नसकिएको बताए । उनले दैवी विपत् पर्दाको अवस्थालाई भनेर गाविसमा पनि कोष व्यवस्थापन गर्नुपर्ने अवस्था आइसकेको छ । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले मृतक परिवारलाई ४० हजारका दरले १ लाख २० हजार र पहिरोले पूर्ण रूपमा क्ष्ातिग्रस्त बनाएको घरका लागि १० हजार राहत दिने निर्णय गरेबमोजिम शुक्रबार घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, चण्डीप्रसाद गणका गणपति जीतेन्द्र थापा, प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मी र नेपाल रेडक्रस सोसाइटीका मन्त्री नारायण शर्माले राहत नगदका साथै रेडक्रसले प्रदान गरेको कपडा र खाद्यान्न प्रदान गरेका छन् । अबिरल वषर्ाले खसेको पहिरोका कारण त्यस भेगको यातायात नचलेकाले पैदलै गाविस भवन पुगेर राहत प्रदान गरिएको हो । राहत पाएपछि पीडित बलबहादुरले यो रकमले आफूलाई केही भए पनि राहत पुग्ने प्रतिक्रिया दिए । प्रजिअ जोशीले गाविस र जिविसबाट समेत सक्दो सहयोगका लागि आफूले पहल गर्ने जानकारी दिए ।

0 comments

Post a Comment