नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 30, 2013

तामाकोसी-५ र बुढीगंगाको निर्माण थालिने

tamakoshi

काठमाडौं, असार १६ - सरकारले आगामी आर्थिक वर्ष १ सय ७ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सुरु गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष ८७ मेगावाटको तामाकोसी-५ र २० मेगावाट क्षमताको बुढीगंगा आयोजनाको निर्माण थाल्नेछ ।
सरकारले आउँदो बजेटमै यी आयोजना निर्माण थाल्ने घोषणा गर्ने ऊर्जा मन्त्रालयका सहसचिव श्रीरञ्जन लाकोलले बताए । तामाकोसी-५ आफ्नै स्रोतमा र बुढीगंगा आयोजना सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाउन लागेको हो । सरकारको आगामी बजेटको 'एक मन्त्रालय : एक योजना' को नीतिअनुरूप ऊर्जाले तामाकोसी-५ लाई रोजेको जानकारी विद्युत् विकास विभागका एक अधिकारीले दिए ।
तामाकोसी-५ दोलखामा पर्ने माथिल्लो तामाकोसीकै क्यास्केट आयोजना हो । माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादन गरेपछि टनेलबाट झर्ने पानीलाई सोझै नयाँ टनेल बनाएर तामाकोसी-५ जलविद्युत् आयोजना निर्माण गरिनेछ । नदीमा बाँध र पानी थेग्य्राउने पोखरीको निर्माण गर्नु नपर्ने भएकाले यो आयोजनाको लागत सस्तो पर्नेछ । माथिल्लो तामाकोसीको बालुवा थेगि्रएको पानी नै प्रयोग हुने भएकाले उक्त आयोजनामा पानी थेग्य्राउने पोखरी निर्माण गर्नुनपर्ने भएको हो ।
सम्भाव्यता अध्ययनअनुसार तामाकोसी-५ को लागत करिब १४ अर्ब रुपैयाँ पर्नेछ । पाँच वर्षमा उक्त आयोजना निर्माण गरिसक्ने लक्ष्य ऊर्जाको छ । यो माथिल्लो तामाकोसीजस्तै पिकिङ रन अफ रिभर (हिउँदयाममा जलाशयमा पानी जम्मा गरेर दिनहुँ बढी लोडसेडिङ हुने बेला पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने) आयोजना हो ।
यसबाट वर्षायामको पाँच महिना चौबीसै घन्टा ८७ मेगावाट र अरू बेला ६ देखि ८ घन्टा ८७ मेगावाट नै बिजुली उत्पादन हुने जानकारी ऊर्जाका अधिकारीले दिए । ती अधिकारीका अनुसार उक्त आयोजनाको विस्तृत अध्ययन कार्य छिट्टै सकेर आगामी आर्थिक वर्ष नै टेन्डर आह््वान गरी निर्माण सुरु गरिनेछ ।
सरकारले अछामस्थित बुढीगंगा जलविद्यु्त् आयोजना भने कुबेती फन्ड र साउदी फन्डको सहुलियतपूर्ण ऋणमा निर्माण सुरु गर्न लागेको हो । ५ करोड ५० लाख डलर डलर -सवा ५ अर्ब रुपैयाँ) लागत लाग्ने अनुमान गरिएको उक्त आयोजना विकास गर्न कुबेती फन्डले १८ मिलियन डलर सहयोग दिने सम्झौता भइसकेको छ । साउदी फन्डसमेत २ करोड डलर सहयोग गर्न सकारात्मक छ । उसले ऋण सम्झौता गर्न छिट्टै आउने प्रतिबद्धता व्यक्त गरेको जानकारी विद्युत् विकास विभागका अधिकारीले दिए । बाँकी नपुग
रकम सरकारंले बेहोर्नेछ ।
चार वर्षमा निर्माण सम्पन्न हुने बुढीगंगाले वार्षिक १० करोड ६२ लाख युनिट बिजुली उत्पादन गर्नेछ । आयोजनाका लागि जम्मा तीन किलोमिटर मात्र प्रवेशमार्ग बनाउनुपर्ने भए पनि लागत भने निकै महँगो छ । बुढीगंगाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले आयोजनाको लागत महँगो परेको जानकारी ती अधिकारीले दिए । नेपालका जलविद्युत् आयोजनाको प्रतिमेगावाट औसत उत्पादन लागत १५ करोड भए पनि यसका लागि २१ करोड रुपैयाँ पर्ने ऊर्जाका अधिकारीले दिए । मुलुकको सन्तुलित विकासका लागि महँगो आयोजना भए पनि पछाडि परेको मध्यपश्चिमको विकासका लागि सरकारले यो आयोजना निर्माण गर्न लागेको हो ।
यी दुई आयोजना सुरु भएपछि सरकारबाट निर्माणाधीन आयोजना पाँचवटा पुग्नेछन् । सरकारले हाल सुदूरपश्चिममा ३० मेगावाटको चमेलिया, पश्चिमाञ्चलमा ३२ मेगावाटको राहुघाट र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना निर्माण गरिरहेको छ ।

0 comments

Post a Comment