नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 28, 2013

एमाओवादीमा विवादबीच नेताहरूको बढुवा

काठमाडौं, असार १४ - एमाओवादीले लामो विवाद र छलफलपछि केन्द्रीय पदाधिकारी र स्थायी समिति विस्तार टुंगो लगाएको छ । केन्द्रीय पदाधिकारी (हेडक्वाटर) बैठकले बिहीबार विवाद सल्टाएको हो ।
महासचिव पोस्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गरी नेता कृष्णबहादुर महरालाई महासचिव बनाउने गृहकार्य हुँदै आए पनि त्यसले मूर्तरूप लिन पाएन । महराले सचिवमै चित्त बुझाउनुपर्ने भएको छ । बोगटीको अनुपस्थितिमा महरालाई कार्यवाहक महासचिवको जिम्मेवारी दिनेगरी वरिष्ठ सचिव पदमा कुरा मिलेको हो ।
महासचिवको दाबी गरिरहेका महराले वरिष्ठ सचिव हुने भएपछि पद स्वीकार गरेको स्रोतको भनाइ छ । बुधबार र बिहीबार लामो छलफलपछि पदाधिकारी यो टुंगोमा पुगेका हुन् । पदाधिकारीहरू आन्तरिक गृहकार्यमा व्यस्त भएपछि ११ बजे केन्द्रीय कार्यालय पुगेका केन्द्रीय सदस्यहरू दिनभर भौंतारिएका थिए । अपराह्न साढे चार बजे अध्यक्ष पुष्पकमल दाहालले सबै तहमा गृहकार्य टुंगोमा पुगेको उल्लेख गर्दै शुक्रबार केन्द्रीय समितिमा प्रस्ताव पेस हुने बताएका थिए ।
'सबै गृहकार्य टुंगोमा पुगेको छ, शुक्रबार बैठकमा प्रस्ताव पेस हुनेछ,' उनको भनाइ थियो, 'केन्द्रीय पदाधिकारी, स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति पनि विस्तार हुनेछ ।' केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै दाहालले १० मिनेटमै बैठक स्थगित गरेको घोषणा गरेका थिए ।
दाहालले महरालाई महासचिव बनाउने संकेत पाएपछि नेता वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मालगायतका नेताहरूले दाहालसमक्ष असन्तुष्टि जनाएको स्रोतले बताएको छ । हेटौंडा महाधिवेशनअघि महासचिवको पृष्ठभूमि तयार पार्न महरालाई संगठन विभाग प्रमुख बनाइएको थियो ।
नेताहरू रायमाझी, लोकेन्द्र बिष्टलगायतले पार्टीमा आफूहरू वरिष्ठ भएको र युद्धमा उत्तिकै योगदान भएको भन्दै महरालाई महासचिव बनाउने आधार दिन दाहाललाई आग्रह गरेका थिए । महाधिवेशनबाटै महरालाई महासचिव बनाउने विषयमा विवाद भएपछि दाहालले मध्यमार्गी बाटो अपनाउूदै बोगटीलाई महासचिव चयन गरेका थिए ।
यस्तै पुन, रायमाझी र गिरिराजमणि पोख्रेललाई सचिव बनाउनेमा केन्द्रीय पदाधिकारी बैठक टुंगोमा पुगेको छ । पुन दाहाल, रायमाझी उपाध्यक्ष बाबुराम भट्टराई र पोख्रेल अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट नेता हुन् । महरा शिक्षक, रायमाझी र पोख्रेल संगठन, पुन सैन्य पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
कोषाध्यक्षमा हिसिला यमीलाई ल्याइने भएको छ । उनी उपाध्यक्ष बाबुराम भट्टराईकी पत्नीसमेत हुन् । एमाओवादीमा यमी महिलाको तर्फबाट पहिलोपटक केन्द्रीय पदाधिकारीमा पुगेकी हुन् । उनलाई कोषाध्यक्ष बनाउने विषयमा सर्वसम्मत निर्णय भएको थियो । उनी पोलिटब्युरोबाट दुई तह बढुवा भई एकैपटक हेडक्वाटरमा पुग्ने छिन् ।
अघिल्लो केन्द्रीय समिति बैठकमा केन्द्रीय पदाधिकारी विस्तार गर्ने सम्बन्धमा आएका तीन छुट्टाछुट्टै प्रस्तावमध्ये बोगटीलाई महासचिव कायम राखी चार सचिव पद बनाउने निर्णय गरिएको हो । एमाओवादीको विधानमा आवश्यकताअनुसार उपाध्यक्ष र सचिव बनाउन सकिने उल्लेख छ ।
 पूर्ववरिष्ठ पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा र एमालेबाट प्रवेश गरेका रामचन्द्र झालाई स्थायी समितिमा ल्याउने तयारी छ । शुक्रबार केन्द्रीय समिति बैठकले यी नामहरूको अनुमोदन गर्नेछ । नेता बिष्ट, नन्दकिशोर पुन, बलदेव खनाल, हेमन्तप्रकाश ओलीले पनि स्थायी समिति सदस्यका लागि दाबी गरेका छन् । उनीहरूलाई वैकिल्पक स्थायी समिति सदस्यमा ल्याउने सम्भावना छ ।
नेताहरू अमिक शेरचन, लीलामणि पोख्रेल र दीनानाथ शर्मालाई स्थायी समितिमै कायम राखेपछि १७ सदस्यीय स्थायी समिति हुनेछ । प्रवक्ता अग्नि सापकोटाका अनुसार नौ सदस्यीय केन्द्रीय पदाधिकारी, १७ सदस्यीय स्थायी, ५१ सदस्यीय पोलिटब्युरो, एक सय ५१ पूर्ण केन्द्रीय सदस्य र वैकल्पिकसमेत गरी ३ सय ९९ जनाको केन्द्रीय समिति हुने छ । 'केन्द्रीय कार्यालयबाट सबै तहमा गृहकार्य भइसकेको छ,' उनले भने, 'सम्भवतः शुक्रबारको बैठकमा सबै निर्णय हुनेछ ।' पोलिटब्युरोमा वरिष्ठ केन्द्रीय सदस्य, पार्टी प्रवेश गरेका वरिष्ठ नेता र युवालाई ल्याइनेछ । केही नेताहरूका लागि वैकल्पिक पोलिटब्युरोको व्यवस्था गरिने सम्भावना छ ।
केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय समिति विस्तार भएपछि नेताहरूको नयाू कार्यविभाजन हुनेछ । बैठकले संविधानसभा निर्वाचनको रणनीति, पुूजीवादी क्रान्तिअन्तर्गत उत्पादन तथा निर्माण योजनालगायत निर्णय गर्नेछ ।

0 comments

Post a Comment