
टोकियो, असार १३ - राष्ट्रपति रामवरण यादवले आफू स्वस्थ्य भएको बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि टोकियोस्थित नेपाली समूदायको कार्यक्रममा उनले आफू स्वस्थ्य भए पनि देशको अवस्था उस्तै भएको बताए । 'तपाईंहरु विश्वस्त हुनुहोस् म पूर्णरुपमा स्वस्थ्य छु,' उनले भने, 'बरु देशको स्वास्थ्यबारे चिन्ता छ ।'
राष्ट्रपतिले सवै मिलेर देशको स्वास्थ्य राम्रो बनाउनुपर्नेमा जोड दिए । उनले आफू चाँडै निको होस् भन्नका लागि जापान आएको बताए । उनले तीन करोड नेपालीको शुभेच्छाले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताए ।
राष्ट्रपतिले विदेशमा रहेका ३० लाख नेपालीहरुको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा सघाउ पुगेको बताए । उनले विदेशमा सिकेका ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेश भित्र्याएर रोजगारी सिर्जना गर्न पनि गैरआवासीय नेपालीहरुलाई आहृवान गरेका छन् ।
0 comments
Post a Comment