नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 23, 2013

पाकिस्तानमा तालिबान आक्रमण, एक नेपालीको मृत्यु

९ असार, काठमाडौं । उत्तरी पाकिस्तानको सगरमाथा आधार शिविरमा तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा ९ विदेशीसहित १० जनाको मृत्यु भएको हो ।
नन्गा पर्वत चड्न गएका आरोही र गाइडहरुमाथि आक्रमण भएको हो । आक्रमणमा गाइडका रुपमा गएका सोलुखुम्बुका ३५ वर्षीय सना शेर्पाको मृत्यु भएको आरोहणको प्रवन्ध मिलाउने सेभेन समिट ट्रेकिङ एजेन्सीका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार अन्य ८ जना नेपाली गाइड भने बच्न सफल भएका छन् । उनीहरुलाई पाकिस्तानी सेनाले उद्दार गरेको छ । चिनियाँ पर्यटकसहितको टोलीलाई लिएर नेपाली गाइडहरु विश्वको नवौं अग्लो सगरमाथा नन्गा आरोहणका लागि पाकिस्तान गएका थिए ।
समाचारहरुमा जनाइए अनुसार मारिनेमा अन्य विदेशीमा चिनियाँ, युक्रेनी छन् । उक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । यो क्षेत्रमा पर्यटकमाथि आक्रमण भएको यो पहिलो घटना हो । तालिबानका बन्दुधकारीहरुले आक्रमण गर्नुअघि पर्यटकहरुसाग रहेको रकम र पासपोर्ट समेत लिएका थिए ।
पाकिस्तानी तालिबानले घटना जिम्मेबारी लिएको बीबीसीले जनाएको छ । आफूहरुको दोस्रो बरियताका कमाण्डर अमेरिकी ड्रोन आक्रमणमा मारिएको घटनाको बदला स्वरुप आक्रमण गरेको तालिबानका एक प्रवक्ताले बताएका हुन्
- See more

0 comments

Post a Comment