नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 25, 2013

चीनले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई छात्रबृत्ति दिने

११ असार, काठमाण्डौं । चीन सरकारले २ हजार ५ सय नेपाली बिद्यार्थीलाई चिनियाँ बिश्वबिद्यालयमा छात्रबृत्तिसहित अध्ययनको अबसर दिने भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सीलर याङ जेइची नेतृत्वको टोलीले नेपाली पक्षलाई छात्रबृत्तिको संख्या बृद्धिबारे जानकारी गराएको हो । हाल चीनले बाषिर्क १ सय नेपाली बिद्यार्थीलाई चीनमा छात्रबृत्ति उपलब्ध गराउँदै आएको छ ।
सोमबार याक एण्ड यती होटलमा नेपालका परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र चिनियाँ मन्त्री जेइचीवीच भएको दुईपक्षीय वार्तामा चिनियाँ पक्षले छात्रबृत्ति बृद्धिको प्रस्ताव गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आगामी ५ बर्षभित्र बिभिन्न चिनियाँ बिश्वबिद्यालयमा भिन्नभिन्न बिधा र तहमा यस्तो छात्रबृत्ति दिइने चिनियाँ पक्षले जानकारी दिएको छ ।
छलफलमा नेपाली पक्षले रिङरोडलाई चौडा बनाउने परियोजनालाई पूर्णता दिन आग्रह गरेको थियो । चिनियाँ सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको सडकलाई ७ लेनको बनाउने काम अगाडी बढेको छ । नेपाली पक्षले सम्पूर्ण रिङरोडलाई ८ लेनको बनाइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

0 comments

Post a Comment