
१२ असार, काठमाडौं । नेपाल बैंकको हकप्रद सेयरमा आवश्यक आवेदन नपरेपछि माग फाराम भर्ने म्याद १५ दिन बढाइएको छ । बैंकले १:९.५ अनुपातमा हकप्रद जारी गरेको छ । यही असार १२ गतेसम्म सेयर बिक्री खुला गरेको बैंकले सेयरधनीको आग्रहबमोजिम म्याद थप गरेको जनाएकोछ ।
बैंकले तीन अर्ब ६२ करोड रुपैयाँको हकप्रद जारी गरेको छ । त्यसमध्ये २ अर्ब ७० करोडको लागि आवेदन परिसकेको छ । थप ९० करोड रुपैयाँका लागि म्याद थप गरिएको हो । ४०.४९ प्रतिशत सेयर रहेको सरकारले हकप्रदबापत सम्पूर्ण रकम चुक्ता गरिसकेको छ । हाल ३८ करोड रुपैयाँ पुँजी रहेको यस बैंकको हकप्रद बिक्रीपछि ४ अर्ब पुग्नेछ ।
यस बैंकमा कर्पोरेट क्षेत्रबाट राजेन्द्र खेतान र गोल्छा समूहको लगानी रहेको छ । नियमअनुसार उनीहरुको एकल सेयर हिस्साको सीमा नाघिसकेको हुनाले हकप्रद सेयर किन्न पाउँदैनन् । तर उनीहरुले आफ्नो हकप्रद विभिन्न कम्पनी स्थापना गरेर त्यसको नाममा बिक्री गरेका छन् । सर्वसाधारण सेयरधनीबाट लगानी गर्न बाँकी रहेको बिक्री प्रबन्धकको भनाइ छ । बैंकले नागरिक लगानी कोष र सिभिल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
0 comments
Post a Comment