
असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दबाब’को युनिटले चलचित्रको प्रचारमा खासै ध्यान नदिएपछि आर्यन यतिबेला ‘महशुश’मा केन्दि्रत छन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रमा आर्यनका अलवा केकी अधिकारी र बेनिशा हमाललाई देख्न सकिन्छ । यसअघि ‘श्रीमान्’ सिनेमा बनाएर खुबै चर्चा कमाएका नबल नेपाल ‘महशुश’ अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।


0 comments
Post a Comment