नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 5, 2013

बेलायतमा एक नेपालि महिलाको बलात्कार पछि हत्या

बेलायतमा एक नेपालि महिलाको बलात्कार पछि हत्या
जेठ २२ । बेलायतमा एक नेपालि महिलाको बलात्कार पछि हत्या भएको छ । बेलायतस्थित रेडिङ सहर नजिक आर्वरफिल्ड निवासी पाँचथर थर्पु– ६ स्थायी घर भएकी ४० वर्षीया कृष्णमाया माबोको बलात्कारपछि हत्या भएको हो । गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा रातभर खोजी गरे पनि सोमबार मात्र घरबाट उनको शव करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर फेला पारेको जनाइएको छ । उनका श्रीमान ठालुमान माबो ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् । उनका अनुसार, कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको छ । थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर अनुसन्धान भइरहेको जनाएपनि विस्तृत केही बताएको छैन् । सन् २००० देखि बेलायत बस्दै आएकी कृष्णमायाका श्रीमान, एक छोरा र दुई छोरी छन् ।

krishnamaya-belayat

0 comments

Post a Comment