लण्डन, जेठ २२ (एजेन्सी)–बेलायतले बंगादेशी गार्मेन्ट कामदारलाई १८ पाउण्ड दिने घोषणा गरेको छ । बेलायती मन्त्री एलान डुकानले यस्तो सहयोगको घोषणा गरेको बिबिसीले जनाएको छ ।
बंगलादेशको गार्मेन्ट उद्योगहरुको अवलोकन गर्दै डुकानले बंगलादेशी कामदारको उद्धार र राहतको लागि रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले बंगलादेशमा उत्पादित गार्मेन्टको बजार प्रवद्र्धनका लागि बेलायत सहयोग गर्ने पनि बताएका छन् ।
उनले अब बंगलादेशी जनतालाई नयाँ शिराबाट उठ्न पनि उक्साएका छन् ।
गत अप्रिलमा बंगलादेशमा एउटा गार्मेन्ट कारखाना भत्किदा ११ सय जना कामदारको ज्यान गएको थियो । उनले भवन भत्किदा घाइते भएकाहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनामा २ हजार ४ सय ३७ जना घाइते भएका बंगलादेशका अधिकारीहरुले बताएका छन् ।
0 comments
Post a Comment