नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 19, 2013

यी ८ लक्षण देखा परेमा बुझ्नुस् तपाइँ तनावमा हुनुहुन्छ

हाम्रो शरीरले नै हामीलाई स्वास्थ्य बिगि्रन थालेको पूर्व सूचना दिन्छ । उक्त चेतावनीलाई मनन गरेर सावधानी अपनाउने हो भने रोगको जटिलता कम हुन्छ र छिटै निको हुन्छ तर लापरवाही गर्ने हो भने रोगले निकै दुख दिन्छ ।



प्रारम्भिक मानसिक स्वास्थ्य समस्याको रुपमा रहेको तनावका बारेमा पनि हाम्रो सरीरले पूर्व चेतावनी दिन्छ । यदि यस्ता पूर्व संकेतलाई वेवास्ता गरियो भने तनावको समस्या पाक्छ र सरीर उच्च रक्तचाप, हृदयाघात, डिप्रेसन जस्ता विभिन्न स्वास्थ्य समस्याको घर बन्दछ । आखिर ती पूर्वसूचना वा संकेतहरु के के हुन् ? जसबाट हामीले बुझ्नुपर्छ की म तनावमा फसिरहेकेा छु :
१. यदि अनौठा खालका एकै प्रकारका सपनाहरु पटकपटक दोहोरिए भने बुझ्नुपर्छ की आफुलाई पक्कै कुनैखाले तनावले सताइरहेको छ । घरमा आगो लागेको, बस छुटेको जस्ता सपनाहरु देखेर सपनामै ऐठन पर्ने समस्या तनावको सूचक हो ।
२. मांसपेशी कडा हुनु तनावको दोश्रो लक्षण हो । मांसपेशी खुम्चिने, बाउँडिने र कहिलेकाहीँ निकै दुख्ने समस्या दोहोरियो भने तनावले सताएको कुरा बुझ्नुपर्छ ।
३. आँखा फर्फराउनु पनि तनावको एक लक्षणको रुपमा लिइन्छ ।
४. दाँतले पनि तनावको सूचना दिन्छ । जो मान्छेले सपनामा दाँत किट्छ, चपाउँछ त्यो मान्छे तनावमा परेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
५. महिलाको हकमा महिनावारी अनियमित हुनु पनि तनावको लक्षण हो । बढि रक्तश्राव हुनु तथा पीडा हुनु पनि तनावका लक्षण मानिन्छन् ।
६. कपाल बढि झर्नु र खश्रो खैरो बन्दैजानु पनि तनावको लक्षणकेा रुपमा लिइन्छ ।
७. पेट दुख्नु, अपच हुनु, पेट कराउनु जस्ता लक्षणलाई पनि तनावका पूर्वसंकेतका रुपमा लिइन्छ ।
८. रुघाखोकीले बढि मात्रामा सतायो भने पनि बुझ्नुपर्छ तनावले पिरोलिरहेको छ । तनावयुक्त मानिसको प्रतिरोधी क्षमता बढि हुन्छ र उसलाई चिसोले समाउने खतरा बढि हुन्छ ।

0 comments

Post a Comment