काठमाडौं, ३ असार । पुनरावेदन अदालतका लागि नियुक्त दश जना न्यायाधीसले सपथ ग्रहण पछि एमाले मुख्यालय बल्खुमा पुगेर अध्यक्ष झलनाथ खनालाई धन्यवाद ज्ञापन गरेको घटनाको सर्वत्र विरोध भएको छ ।
नियुक्त भएका सबै न्यायाधिसले आइतबार दिउँसो न्यायपरिषदको सचिवालय रामशाहपथमा सथप लिएका थिए । तीनै सपथ लिएका मध्य एमाले कोटाका दश जना न्यायाधीस आइतबार साँझ एमाले मुख्यालय बल्खु पुगेका थिए । उनीहरुले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर आफुहरुलाई न्यायाधीस बनाइदिएकोमा धन्यवाद दिएका थिए । एमाले अध्यक्ष खनाललले सपथ लिएका दश न्यायाधीससँग भेट भएको स्वीकार गरिसक्नुभएको छ ।
यसरी भेट गर्न जाने न्यायाधीसमा रमेशराज भण्डारी, यमुना भट्टराई, श्रमण गौतम र हरि भण्डारी छन् । यस्तै राजेश्वर तीवारी, जगन्नाथ महतो, रमेश थापा, केशब जोशी, मनोज शर्मा र नीलम पौडेल पनि बल्खु पुगेका थिए ।
आचारसंहिता अनुसार न्यायाधीस नियुक्त भएको मानिसले सथप लिएपछि मुद्धा परेको छ भने आफन्तकोमा समेत जान नमिल्ने व्यवस्था छ । सपथ लिएका न्यायाधीस सिधै पार्टी कार्यालयमा गएपछि यसको सर्बत्र विरोध भएको हो । नियमन निकाय न्यायपरिषदले भने यसबारे केही बोलेको छैन ।

0 comments
Post a Comment