नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 17, 2013

महाकालीले पर्यो सबै सखाप: ठुला ठुला भवन चार्लामचुर्लुम (भिड्यो सहित)



३ असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सोमवार मध्यान्हसम्म पाँच वटा कार्यालयसहित तीन दर्जन घर बगाएको छ । बाढीले बाङाबगडमा रहेका चार र गल्फैमा रहेका दुई घर गरी छ घर बगाएको छ भने अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू-संरक्षण कार्यालय र जिल्ला अस्पताल भवन बगाएको छ । योसँगै बाढीले अहिलेसम्म घर तथा कार्यालय गरी तीन दर्जन भन्दा बढी बगाएको छ भने दर्जनौ घर तथा कार्यालय जोखिममा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ ।जिल्ला अस्पतालको शव गृह र औषधी वितरण कक्ष बाढीले बगाइसकेको छ भने बाँकी क्षेत्र पनि उच्च जोखिममा छ । अहिले नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका उपकरण तथा औषधी सुरक्षित स्थानतर्फ सार्ने कार्म गरिरहेका छन् ।
त्यसैगरी बाढीले गल्फैदेखि नमस्कारसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । पानी पर्न नरोकिए पनि भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाधँस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेकाले बाँध खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अपरान्ह ४ बजे तिर बाँध खोलिने हुँदा सदरमुकाम खलंगाको अधिकांश क्षेत्र प्रभावित हुने भएकाले कोठा सार्न तथा सुरक्षित स्थानतर्फ जान सदरमुकामबासीलाई सूचना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन । भारतले तटबन्ध निर्माण गरेकाले र नेपालतर्फको भाग कमजोर भएकाले नदीको बहाव दार्चुला सदरमुकामतर्फ ठोकिएको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेपछि अहिले सर्वसाधारणहरु घमाधम सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा रेडक्रस स्वयम् सेवकहरुले उद्दार कार्य जारी राखेका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुले बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गरिरहनुभएको छ ।
यसैबीच नेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग गरेको छ । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गनसए भएको छ ।
Untitled45.png (640×389)नदी बीचमा थुनिएका २३ मजदुरको सकुशल उद्धार
कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र टि्रपरसहित आइतबार राति ८ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरू नदीमा आएको बाढीका कारण पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा थुनिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले रातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् ।
खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूले टयुबको मद्दतले २३ जना मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो । नदीको बीच भागमा रातभर झरिमा भिजेका मजदुरहरूको १६ घन्टापछि उद्धार गरिएको हो । ढुङ्गा र बालुवा ढुवानीका लागि लगिएका तीनवटा टि्रपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच भागमै अलपत्र अवस्थामा रहेका छन् ।



0 comments

Post a Comment