नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 8, 2013

एक बर्षमै जापानमा ३ सय २० नेपाली शरणार्थी

tokyo

२५ जेठ, टोक्यो । नेपालमा माओवादी द्वन्द्वले बिश्राम लिएको पनि सात बर्ष भइसक्यो । त्यसयता नेपाली नागरिकहरु विस्थापित नै हुने गरी कुनै ठूलो युद्ध भएको छैन् ।

तर, नेपालमा बस्न सक्ने अबस्था नभएको भन्दै बिकशित मुलुकमा नेपाली नागरिकहरु शरणार्थी बन्ने क्रम भने रोकिएको छैन् । सामान्यतया नेपालीहरुले अमेरिका र केही युरोपेली मुलुकमा शरणार्थीका लागि आबेदन गर्ने गरेको भएपनि पछिल्लो बर्ष जापानमा पनि नेपाली शरणार्थीको दर ह्वात्तै बढेको छ !
जापानको इमिग्रेसन ब्युरोले यही साता सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१२ मा मात्रै ३ सय २० जना नेपाली नागरिकले जापानमा शरणार्थीको हैसियतका लागि आबेदन गरेका छन् । सन् २०११ मा २ सय ५१ जना नेपालीले शरणार्थी हैसियतका लागि आबेदन दिएका थिए ।

सन् २०१२ मा जापानमा कुल २ हजार ५ सय ४५ जना बिदेशीले शरणार्थी हैसियतका लागि आबेदन गरेको ब्युरोले जनाएको छ । यो तथ्याङ्क गत ३१ बर्षकै उच्च रहेको ब्युरोले जनाएको छ । त्यसमध्ये जम्मा १८ जनालाई शरणार्थीको हैसियत दिइएको छ भने १ सय १२ जनालाई मानवीयताका आधारमा जापानमा बस्ने अनुमति दिइएको छ । सन् २०११ मा २१ जनालाई शरणार्थी मान्यता दिइएको थियो ।

शरणार्थीका लागि आबेदन गर्नेमध्ये बिगत केही बर्षदेखि नेपालीहरु जापानमा तेस्रो स्थानमा पर्दै आएको ब्युरोको तथ्याङ्कमा देखिन्छ । सन् २०१२ मा टर्कीका ४ सय २३ जना, म्यानमारका ३ सय ६८ जना, नेपालका ३ सय २० र पाकिस्तानका २ सय ९८ जनाले शरणार्थीका लागि आबेदन गरेका छन् ।

शरणार्थी मामिलामा कमल चलाइरहेकी जापानी पत्रकार काउरु नेमेतोका अनुसार जापान बिश्वकै निकै कम शरणार्थी मान्यता दिने मुलुक हो । अमेरिकामा आबेदकमध्ये ५३ प्रतिशत, क्यानडामा ४४ दशमलव ६ प्रतिशत र दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशतलाई शरणार्थीको मान्यता दिइएको पाइन्छ । जहाँकी सन् २०१२को जापानको शरणार्थी स्वीकृति दर सून्य दशमलव ७ प्रतिशत मात्र रहेको छ ।

जापानले सन् १९८२ मा शरणार्थीलाई मान्यता दिन सुरु गरेयता १४ हजार २ सय ९९ जनाले शरणार्थी मान्यताका लागि आबेदन दिएका छन जसमध्ये ६ सय १६ जनालाई मात्र औपचारिकरुपमा शरणार्थीको मान्यता दिइएको छ ।

सामान्यतया, नेपालीहरु पर्यटक भिषामा जापान पुगेर त्यहाँ शरणार्थीका लागि आबेदन दिने गरेका छन् । तर, नेपालबाट बिस्थापित हुनुपर्ने चित्तबुझ्दो कारण नभएका कारण जापानमात्र हैन बिश्वका अन्य मुलुकमा समेत नेपालीहरुलाई शरणार्थीको मान्यता दिने दर घट्दै जान थालेको छ ।

0 comments

Post a Comment