नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 7, 2013

स्तरीय भएनन् राष्ट्रिय गीत

काठमाडौं - सांगीतिक ब्यान्ड १९७४ एडीको 'यो मन त मेरो नेपाली हो' बोलको गीत युवा पुस्तामाझ राष्ट्रिय गीतको रुपमा चर्चित छ। दरबार हत्याकाण्डको बेला युवाहरुप्रति देशभक्ति जगाउन यस गीतले महŒवपूर्ण भूमिका खेलेको थियो। दरबार हत्याकाण्ड भएको १२ वर्षपछि पनि यस गीतले पाएको चर्चा देखेर गायक स्वयं एड्रियन प्रधान आश्चर्यमा छन्
'विश्वभर रहेका नेपालीबीच एकतामा कायम गर्न यस गीतले निकै भूमिका खेलेको पाएँ। यसैबाट हामीलाई चर्चा दिलाएको हो। कहिलेकाहीँ विदेशतिर कन्सर्ट गर्दा यसलाई राष्ट्रिय गीत बनाउनुपर्छ भन्ने धेरै भेटिएको छ,' गायक प्रधान भन्छन्। 
पछिल्लो समयमा एल्बम निकाल्दा एउटा राष्ट्रिय भावको गीत राख्ने चलनले गर्दा यस्ता गीतको गुणस्तरमाथि प्रश्न उठेको छ। 'राष्ट्रियताको विषयलाई मनपरी शैलीले प्रयोग गरिदिँदा अप्ठ्यारो हुन्छ। यसले नेपालीहरुबीच विभाजनको परिस्थिति पनि 
स्तरीय भएनन् राष्ट्रिय गीत

सिर्जना गरिरहेको छ,' उनले भने। दुई दशक नेपाली संगीतमा बिताइसकेका उनले एउटामात्र राष्ट्रिय भावको गीत गाएका थिए।
'राष्ट्रिय भावको गीत गाउन सजिलो हुँदैन। शब्द, संगीत र स्वरले श्रोतालाई छुनुपर्ने हुन्छ। मेरो लागि यो चुनौती हो,' उनले भने।
गायिका इन्दिरा जोशी जमलस्थित डोरेमी स्टुडियोमा 'एउटै जननी' बोलको गीत रेकर्ड गर्नमा व्यस्त छिन्। विदेशमा रहेका नेपालीहरुलाई एकतामा बाध्न उनी राष्ट्रिय गीत तयार पार्न लागेको बताउँछिन्। विदेशको संागीतिक यात्रा सिध्याएर फर्किएकी उनी केही दिमा म्युजिक भिडियो समेत निर्माण गर्ने तयारीमा छिन्।
'कलाकारले देशप्रतिको माया गीतबाट प्रस्तुत गर्न सक्ने हुँदा राष्ट्रिय भावना बोकेको गीत रेकर्ड गरेको हुँ। त्यसबाहेक विदेशमा रहेका नेपालीहरुबीच यस्ता गीतले अलग्गै प्रतिक्रिया पाउने रहेछ,' उनी भन्छिन्। राष्ट्रिय भावनाको गीत गाउनुलाई उनी राम्रो ठान्छिन् तर यसको शैलीमा विकृति आएको उनको अनुभव छ।
'एल्बममा एउटा राष्ट्रिय भावनाको गीत हुनैपर्छ भन्ने मान्यता गलत हो। देशलाई अप्ठ्यारो परेको परिस्थितमा यस्ता गीतले जनतालाई जागरुक पार्न सहयोग गर्छ,' उनले भनिन्, 'तर हरेक एल्बममा यस्ता गीत राख्दा सस्तो हुनसक्छ।'
नेपाली संगीतको प्रवर्द्धन र गुणस्तरको मूल्यांकन गर्न स्थापित नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय भावनामाथि तयार हुने गीतहरुको अनुगमन गर्न सकेको छैन। 'राष्ट्रिय भावको गीतलाई सस्तो रुपमा लिइयो। केही वर्षअघिसम्म रेडियो नेपालले गीत छनोटमा ध्यान दिएको थियो। गीत छनोटका लागि हामी आधारभूत नियम तयार गरिरहेका छौं। गीत रेकर्डिङ स्टुडियोले मात्र हाम्रो सर्त मानिदिए विकृति कम हुनेछ,' संगीत नाट्य प्रतिष्ठानकी प्राज्ञ कविता आलेले भनिन्। उनका अनुसार गीतहरुको अनुगमन हुनेछन्।
राष्ट्रिय भावका गीतले सकारात्मक सन्देश दिने हुँदा श्रोताहरुले राम्रो गीतलाई रुचाउने इमेज एफएमका सञ्चारकर्मी सुरज श्रेष्ठ बताउँछन्। 'राष्ट्रिय भावनाले ओतप्रोत गीतले श्रोतालाई देशबारे सोच्न बाध्य बनाउँछ। शब्दहरुमा ध्यान दिइनुपर्छ,' उनले भने। महिनामा करिब ६ वटा यस्ता गीत श्रोताले मन पराउने गरेका उनको अनुभव छ। हिट्स एफएमकी मन्दिरा ढुंगेल 'राष्ट्रिय भावको गीत कम भए पनि श्रोताले सकारात्मक रुपमा लिने गरेको बताउँछिन्।
'राजा वीरेन्द्रको मृत्युको बेला हामीले राष्ट्रिय भावको गीत धेरै बजाएका थियौं। यसले श्रोतामा देशभक्तिको भाव सिर्जना गर्न प्रेरित गरेको थियो,' उनले भनिन्। कलाकारहरुले यस्ता गीतमा ध्यान नदिएको उनले गुनासो छ।
नेपाली संगीतका समीक्षक भरत शाक्यका अनुसार जनआन्दोलनमा राष्ट्रिय भावनाका गीतले जनतालाई जागृत गर्न सहयोग गरेको थियो। 'जनआन्दोलनपछि राष्ट्रिय भावको गीत सबैले सजिलो शैलीले गाउन सक्छन् भन्ने मान्यताले गर्दा केही विकृति आएको हो,' उनले तर्क दिए। विदेशी कन्सर्टमा यस्ता गीतहरुले प्राथमिकता पाउने उनले बताए।
'केही वर्षअघि राष्ट्रिय भावनाका गीतहरुमात्र समावेश गरेर एल्बम आउँथ्यो। अहिले एकल एल्बम निस्किन थालेपछि गीतको सिर्जनामा कमी आएको हो,' उनले भने।
राष्ट्रिय गीतमा नेपाली बाजाहरु हुनुपर्छ भन्ने मान्यता उनी स्वीकार गर्दैनन्। 'र्यासप गीत गाउने कलाकारले राष्ट्रिय भावको गीत गाउन सक्छ। ठेक्कामा गीत तयार गर्ने कलाकारले गीतलाई सस्तो बनाएका छन्,' उनले भने।
'बन्द गरौं', 'शान्ति लुकाउनु' र 'मेरो देश डुब्दैछ' लगायत एक दर्जन राष्ट्रिय भावका गीत गाइसकेका सत्यराज आचार्य देश अप्ठ्यारो परिस्थितिमा रहेको बेला जनतालाई गीतको माध्यमबाट झकझक्याउन यस्ता गीत गाएको बताउँछन्। 'यस्ता गीतमा सत्यता हुन्छ। तर, कलाकारले देशप्रति देखाएको भावलाई अहिले सस्तो शैलीमा लिइएको छ,' उनले भने।

0 comments

Post a Comment