नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 5, 2013

कुख्यात अपराधी दुबेलाई रातारात सीमा कटाइयो,नेपाल प्रहरीको माग वेवास्ता


बारा,जेठ २२ । बारा प्रहरीको हिरासतमा रहेका भारतीय अपराधी बब्लु दुबेलाई मंगलबाररातिनै सीमा कटाइएको छ । नारायणी अञ्चल प्रहरी कार्यालयको टोलीले काठमाडौंस्थित ट्रोपिकल रामकोट सिता हाउजिङ्ग कोलनीबाट १४ गते जेठ राति १० बजे दुबेलाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका बब्बु दुबेलाई नारायणी अञ्चल प्रहरी कार्यालयले गत बुधबार बेलुका बारा प्रहरीको जिम्मा लगाएको थियो । बाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले सार्वजनिक मुद्दामा दुबेलाई हिरासतमा राख्नको लागि थप पाएको म्याद बुधबार सकेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताउनुभयो । उहाँले दुबेलाई बुझाएपछि दुबे उतैबाट धरौटीमा छुटेको हुन सक्ने र उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा दुबे नरहेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाराका निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालले दुबेलाई जिल्ला प्रशासन कार्यालय बाराले मंगलबार आठ हजार धरौटीमा रिहा गरेको त्यसपछि दुबे कहाँ गए बारा प्रहरी प्रशासनलाई थाहा नभएको बताउनुभयो । भारत विहार राज्यको नेपालसँग सीमा जोडिएका जिल्लाहरुमा भारतीयहरुको हत्या, लुट, जबरजस्ती असुली जस्ता अपराधहरुमा भारतीय सुरक्षाकर्मीको मोस्टवान्टेड सूचीमा परेका दुबे ज्यान जोगाउन नेपाल पसेका थिए । आठ महिना सम्म नेपाली भूमि र नेपाली नम्बरका सीमहरु प्रयोग गरी भारत विहारका विभिन्न जिल्लाहरुमा आपराधिक गतिविधिमा तीव्रता ल्याएका दुबेलाई नेपाल प्रहरी प्रशासनले रातारात भारतीय सुरक्षाकर्मीहरुलाई बुझाएको कुरा बारा प्रहरी श्रोतले जनाएको छ । नेपालका प्रहरी अधिकारीहरुले दुबेलाई नियन्त्रणमा लिएपछि दुबेलाई भारतीय सुरक्षाकर्मी समक्ष बुझाउनु भन्दा पहिला बारामा एकिकृत माओवादीका चार जना कार्यकर्ताहरुको एकै पल्ट हत्या गर्ने बारा गंजभवानीपुरका सुनिल जैसवाल र मालपोत कार्यालय बाराका तत्कालिन नासु माधव थापाको हत्या बम विस्फोट र जबरजस्ती असुली गर्ने कलैयाका गुलमहम्मद भन्ने सुल्तानलाई समातेर नेपाल बुझाउन माग गरेका थिए । यी दुबै जना भारत विहार राज्यका सुरक्षाकर्मी र केही विधायकहरुको सहयोगमा भारतको विहार राज्यमा नै बस्दै आएका छन ।
नेपाल प्रहरीहरुले गरेको मागलाई भारतीय सुरक्षाकर्मीहरुले वेवास्ता गर्दै नेपालका उच्चपदस्थ कर्मचारी र प्रहरी अधिकृतहरुको दबाबमा दुबेलाई आफनो देश लैजान सफल बनेका कुरा उच्च प्रहरी श्रोतले जनाएको छ ।

0 comments

Post a Comment