नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 5, 2013

जिया आत्महत्या : प्रेम टुट्यो, जीवन छुट्यो

जिया आत्महत्या : प्रेम टुट्यो, जीवन छुट्यो


मुम्बई – बलिउड अभिनेत्री जिया खानले कलिलो उमेरमै आत्महत्या गर्नुमा उनको असफल प्रेमसम्बन्ध हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। एक अभिनेताका छोरासँगको सम्बन्ध बिग्रिएपछि फाटेको मन सिलाउन नसकेपछि जियाले यो डरलाग्दो कदम रोजेको हुनसक्ने बताइएको छ। २५ वर्षीया जियाको मृत्त शरीर सोमबार राति मुम्बईको जुहुस्थित 'सागर संगीत' निवासमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनी आमा र दिदीसँग बस्थिन् तर घटना भएको दिन एक्ली थिइन्।

अभिनेता आदित्य पञ्चोली र अभिनेत्री जरिना वाहाबका छोरा सुरजसँग जियाको एक वर्ष अफेयर चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुरजसँग जिया तबसम्म खुसी थिइन्, जबसम्म उनले सुरजको जीवनमा नयाँ युवती प्रवेश गरेको चाल पाइनन्। पञ्चोली परिवारलाई गरगहना पैठारी गर्ने युवतीले सुरजको मन पनि जितेको थाहा पाएदेखि जियाको निद्रा छुटेको थियो। उनी डिप्रेसनमा थिइन्।

पहिलो फिल्म नै अमिताभ बच्चनसँग खेल्न पाउनु नयाँ अभिनेत्रीका लागि एउटा दिवास्वप्न थियो। यस्तो सौभाग्य कमैले पाउँछन्। त्यसमध्ये थिइन् जिया। रामगोपाल वर्माद्वारा निर्देशित सन् २००७ को फिल्म 'निशब्द'मा जियाले अमिताभकै जोडी भएर अभिनय गरिन्।

तर, मान्छेलाई आफ्नो निजी जीवन र खुसीको पनि पर्वाह हुन्छ। जियाको लागि सुरजसँगको सम्बन्ध सायद सबैभन्दा ठूलो खुसी थियो। आफ्नो जीवनको अन्तिम दिन पनि जियाले सुरजसँग पटकपटक टेलिफोनवार्ता गरेकी थिइन्। अन्तिम वार्ता राति १०ः५३ मा दुई मिनेटको रहयो। त्यसको लगत्तै जियाले आफूलाई घाँटीमा पासो लगाइन्। पोस्टमर्टमको रिपोर्ट अनुसार घटना राति ११ देखि साढे ११ बजेभित्र भएको हो।

'जियाको निगरानी सुरजप्रति निकै कसिलो थियो, सोमबार राति पनि उनीहरुले एसएमएसमा सन्देश आदानप्रदान गरे, सुरजले फूलको बुकेट पठाएका थिए तर उनले स्विकारेकी थिइनन्,' प्रहरी स्रोतले बतायो। अमिताभसँग ब्रेक पाए पनि जियाले बलिउडमा कुनै उत्साहजनक प्रोजेक्ट पाइनन्। उभो लाग्न नसकेको करियरप्रति पनि उनी खुसी थिइनन्। बलिउडमा अभिनय गर्नुका अलावा इन्टरियर डिजाइनिङलाई पेशाको रूपमा अँगाल्न चाहेको उनी आमालाई बताउने गर्थिन्। आमा रजिया खानले प्रहरीलाई बताएअनुसार शनिबार हैदराबादमा जिया एउटा फिल्मको अडिसनमा गएकी थिइन्। तर, नतिजा उनको पक्षमा थिएन। उनलाई दुब्लाउने निर्देशन दिइएको थियो।

प्रहरीले सुरज र उनका बुबा आदित्य दुवैसँग साढे तीन घन्टा बयान लिएर आवश्यक पर्दा बोलाउने बताएका छन्। जियाको निधनप्रति अमिताभ बच्चनले पनि आश्चर्य व्यक्त गरेका छन्। 'जिया खान? के भयो? अविश्वसनीय!' उनले ट्वीटरमा लेखेका छन्।

'निशब्द'पछि जियाले आमिर खानसँग 'गजिनी' र अक्षय कुमारसँग 'हाउसफुल'मा अभिनय गरेकी थिइन्। त्यसपछि उनी बलिउडबाट केही समयलाई गायब जस्तै भइन्।

न्युयोर्कमा जन्मिएकी जिया बेलायतमा हुर्किएकी थिइन्। उनको खास नाम नफिसा हो। सन् १९९८ मा 'दिल से'मा बालकलाकार रहेकी उनले 'निशब्द'ताका नाम परिवर्तन गरेकी थिइन्। सन् २०१२ देखि उनले पुनः पुरानै नाम नफिसालाई निरन्तरता दिँदै आएकी थिइन्। तैपनि उनको यो नाम त्यति लोकप्रिय बन्न पाएन।




0 comments

Post a Comment