नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

अरबमा अपहरित हुँदा

दुबईबाट साउदी, यमन र ओमानको नाका कटाउँदै हामीलाई इरानको त्यो जंगलमा पुर्‍याइएको थियो । त्यहाँ पुगेपछि पाकिस्तानीले तिमीहरू बिक्री हुँदै आइरहेका छौ, हामीले किनेर ल्याएका हौं, अब अर्को समूह आएर फेरि किन्छ भनेर हिन्दी भाषामा बोल्दा छाँगाबाट खसेजस्तै भयौं’ दुबईमा सेक्युरिटी गार्डको राम्रो जागिर हुँदाहुँदै महिनाको १२ सय युरो कमाइ हुने ‘अफर’ आएपछि युरोपको सपना देखेर हिँडेका भैरहवाका २५ वर्षे अच्युत कँडेलले आफ्नो लामो यात्राको कथा सुरु गरे ।
imageअच्युतसहित उनका साथीहरू पोखराका राजु परियार, भोजपुरका महेन्द्र कसाईं र दोलखाका होम जिरेल दुबईमा सेक्युरिटी गार्डको काम गर्थे । दुई वर्षदेखि काम गरिरहेका उनीहरू एकजनाले महिनाको ४८ हजार नेपाली रुपैयाँ बचाउँथे । गएको जनवरीमा राजुले ‘गि्रसमा राम्रो कामको अवसर ६ महिनाको १२ सय युरो हुन्छ रे जाऔं’ भन्ने प्रस्ताव राखे । ३ लाख नेपाली रुपैयाँ खर्च हुने, त्यो पनि गि्रसमा पुगेर कमाएपछि नै तिर्दा हुने कुरा आयो । सुरुमा त कसैले पत्याएन । तर गि्रसबाटै पूर्ण तामाङ नामका नेपालीले फोन गरेर बताएपछि उनीहरू गि्रस जान तयार भए ।
अपि्रल ४ मा उनीहरूले आबुधाबी छोडे । सँगै आफ्नो पासपोर्ट पनि आबुधाबीमै छोडे । युएईको सारजहाँ बसपार्कमा पुगेपछि जहाँगिर हुसेन नामक एजेन्टले फोन गरेर १० मिनेटको दूरीमा बोलायो । जहाँगिरले उनीहरूलाई कोठामा लिएर गयो । उनीहरूलाई झोला त्यही छोड्न लगायो ।
जीउमा लगाएको एकसरो कपडामा नै अच्युत, राजु, महेन्द्र र होमको युरोप यात्रा सुरु भयो । बस चढेर उनीहरू युएई र ओमानको सिमाना ‘हाता’ सम्म पुगे । युएईको सरकारी परिचयपत्र हुनेले यहाँसम्म जान पाउँछन् । हाता पुगेको ३ घन्टापछि एउटा मान्छेले उनीहरूलाई ट्याक्सीमा हाल्यो र ब्रेमी भन्ने ठाउँमा पुर्‍यायो । त्यहाँ पुगेपछि उनीहरूको मोबाइलबाट सिम निकालियो । त्यही रात उनीहरूले ओमान, साउदी र यमनको चेकपोस्ट पार गरे । अब यात्रा मरुभूमिमा हुन थाल्यो ।
यो चेकपोस्ट काटेदेखि एजेन्टहरूको व्यवहारमा परिवर्तन आयो । उनीहरूको राम्रो सत्कार गरिरहेका एजेन्टहरूले गालीगलौज र कुटपिट गर्न सुरु गरे । एकै दिनमा पनि एजेन्ट फेरिन थाले । राति ८ बजे पैदल हिँड्न सुरु गरेका उनीहरू बिहान मस्कट पुगे । उनीहरू आपसमा बोल्न पाउँथेनन् । उजाड मरुभूमिका यी मौन यात्री थिए ।
मस्कटमा एउटा कोठामा राखियो । उनीहरूले खान पनि पाउन छोडे । भोको पेट र सुत्न नपाएका उनीहरू दिनरात ठम्याउन नसक्ने भए । ‘राति २ बजे एउटा मान्छे कोठामा आएर समुद्रबाट इरान जाने हो, बोट तयार छ, हिँडिहाल भन्यो,’ अच्युतले सम्भिmए । उनीहरू जर्‍याकजुरुक उठेर समुद्र किनारतिर लागे । किनार पुग्दा त उनीहरू जस्ता अरू १९ जना रहेछन् । तिनीहरू बंगाली, श्रीलंकन र पाकिस्तानी थिए । त्यसमा ४ नेपाली थपिएपछि २३ जनाको समूह बन्यो ।
सानो डुंगामा कोचीकोची खाँदेर सबैलाई अटाइयो । यसरी नै उनीहरूले समुद्रमा ५ हजार किलोमिटरको यात्रा गर्नु थियो । मरुभूमिका मौन यात्री अब समुद्रको सुस्केराको तालमा तैरिँदै थिए । डुंगा ५ सय किलोमिटर प्रतिघन्टाको गतिमा बगिरहेको थियो । छाल आएको बेला पल्टिहाल्छ जस्तो हुन्थ्यो । मुटुले ठाउँ छाड्थ्यो । उनीहरूलाई बाँचिएला जस्तो लागेन । छालले डुंगालाई हुत्याउँदा कहिले टाउको कहिले घुँडा त कहिले निधार र हातमा चोट लाग्यो । छाल समुद्रमा मात्र होइन, आपmनै जीवनमा पनि आइरहेको छ भन्ने उनीहरूलाई अझै राम्ररी थाहा
भइसकेको थिएन ।
समुद्र बीचमा एकठाउँमा डुंगा बिगि्रयो । डुंगा चालकले उनीहरूलाई समुद्रमा हाम्फाल्न भन्यो- ‘नत्र म नै धकेलिदिन्छु ।’ चारैतिर पानी नै पानी छ । के गर्ने कसो गर्ने ? सबैजना भगवान्को नाम जप्न थाले । भगवान्ले पुकारा सुनेर हो वा के भएर हो, डुंगा बन्यो । ७ घन्टापछि डुंगाबाट उत्रिँदा उनीहरूलाई नयाँ जिन्दगी पाएजस्तो भयो । तर, यो खुसी उनीहरूको अनुहारमा धेरैबेर अडेन ।
फेरि मरुभूमिको बाटो हुँदै जगंल छिरे । यो जंगल माफियाहरूको दुई नम्बरी अड्डा थियो । लागूऔषध र हतियारको कारोबार यहाँ हुन्थ्यो । जंगलभरि मान्छे नै मान्छे थिए । सरकारी सेना प्रहरीले बेलाबेला हवाई गस्ती गर्दा जमिनमा धस्सिएर बस्नुपर्ने रहेछ । नत्र टाउको माथि उडिरहेको जहाजले कुन बेला गोली बर्साउँछ थाहा नहुने ।
२ घन्टाको पैदल यात्रापछि उनीहरू क्याम्पमा पुगे । त्यत्रो सुमद्रबाट हिँडे पनि ३ दिनदेखि पेटमा पानीसमेत परेको थिएन । त्यहाँ केही मानिसहरू उनीहरूसँग कुरा गर्न आए । ती उनीहरूका पाकिस्तानी एजेन्ट थिए । ‘ती पाकिस्तानीले तिमीहरू बेचिएर आइसक्यौ, दुबईदेखि नै तिमीहरू बेचिँदै आएका छौ’ भने । अनि त भोक पनि हरायो, होस पनि हरायो । ‘डलर सपनाले नराम्ररी फसाएको बल्ल थाहा पायौं,’ अच्युतले भने । भित्री मनमा भने गि्रस नै पुगेपछि त राम्रो होला भन्ने आशा पनि थियो ।
यो जंगलमा उनीहरू सात दिन बसे । पाकिस्तानीले बिस्कुट बेच्न राखेका थिए- एक पुरियाको पाँच डलर । त्यही किनेर खाए । साँझ भात खानलाई तिनै पाकिस्तानीले चामल र आलु दिए । एउटै भाँडामा पकाएर खाए । राति पानी पर्‍यो । नजिकैको खोला उर्लेर आयो । पानीले चामल र आलु भिजायो, बगायो । अब के खाने ? तीन दिनसम्म त्यही खोलाको धमिलो पानीले पेट भरियो । तीन दिनपछि हिम्मत गरेर सबैले खोला तरे । पारी तरेर अर्को चार दिन कष्टमै बिते । अनि बल्ल केही घन्टा हिँडेपछि इरानको बोर्डर नजिकको ठूलो राजमार्ग आयो ।
फेरि चार घन्टा मरुभूमिमा हिँडेर राति १० बजे इरानको बन्दरअब्बास भन्ने ठाउँमा पुगेपछि २३ जनाको समूह छिन्न भिन्न भयो । यहाँ सबैका दलाल लिन आएका थिए । त्यो रात काटेपछि बिहान गि्रसबाट एउटा फोन आयो- इमरान खानको । यो फोनले ल्यायो- नयाँ आतंक । उसले भन्यो- ‘दुबईबाट तिमीहरूलाई यहाँसम्म ल्याउँदा २ लाख ५० हजार खर्च भएको छ, त्यो पैसा तिरेपछि बल्ल तिमीहरू अघि बढ्न पाउँछौं ।’ अनि बल्ल उनीहरूलाई थाहा भयो- गि्रस पठाउने भनेर हाम्रो अपहरण भएको रैछ । ‘हामी मानवतस्करको जालोमा परेछौं,’ अच्युतले भने ।
पैसा नदिएको भन्दै दलालहरूले बंगलादेशी र पाकिस्तानीलाई कुटपिट गरेको देखेपछि नेपालीहरू पैसा दिन तयार भए । नेपाल फोन गरेर दुबईको जहाँगिर (जसले दुबईबाट ओमान छिराएको थियो) को खातामा पैसा पठाउन लगाए । पाँच दिनमा पैसा खातामा पुग्यो । यात्रा फेरि चालू भयो ।
१२ घन्टा एउटा बसमा र भोलिपल्ट २२ घन्टा अर्को बसमा यात्रा भयो । त्यसपछि १४ घन्टे यात्रा ट्याक्सीमा भयो । अच्युत र होमले डिक्कीमा बसेर यात्र गरे । ‘पुलिसले देखे समाउँथ्यो,’ उनले कारण खुलाए । यसरी माकु पुगेपछि एउटा पिकअप लिन आयो । यही पिकअपले टर्कीको बोर्डरसम्म पुर्‍यायो । बोर्डरमा उनीहरूजस्तै अफगानी, पाकिस्तानी, बंगाली गरेर ६०/७० को डफ्फा थियो ।
त्यहाँ सबै टिमका फरक-फरक दलाल थिए । उनीहरूले सीमा पार गराउँथे । यो पहाडी बाटो थियो । बाख्रा पनि मुस्किलले हिँड्नसक्ने बाटामो ६० जनाको हुल लस्करै अगाडि बढ्यो । युरोपको फराकिलो सडकको कल्पना गरेर हिँडेका यात्रीहरू यति साँघुरो बाटोमा हिँड्दै थिए । यस्तो झुर बाटो नेपालमा थिएन । यति दुःख गरे पनि दुःख यही सकिएन । टर्कीपट्टि सेनाले गस्ती तीव्र पारेको देखियो । ‘हामीलाई खोलामा लुकायो,’ उनले भने । पछि दलालले सेटिङ मिलाएपछि टर्की छिर्न दिए ।
भोलिपल्ट बिहान ७ बजे टर्कीको वाङटावरमा पुगेपछि स्तानबुल जाने गाडीमा चढायो । २० घन्टाको बस यात्रापछि आयो स्तानबुल ।
स्तानबुलको पुलमा ४ नेपाली र एक बंगालीलाई लिन एउटा मान्छे आएको थियो । त्यो पुलको वारि एसिया र पारि युरोप पथ्र्यो । नेपाली टोलीले अन्ततः पुल पार गरेर युरोपको भूमिमा पाइला हाल्यो । यात्रीहरू गन्तव्यमा पुगे !
युरोपपट्टिको टर्कीमा भेटिए, पूर्ण तामाङ । एउटा झुपडीजस्तो थियो । दुइटा कोठा थिए । सबै मान्छेलाई तिनै कोठामा लगियो । यही पूर्ण तामाङले १२ सय युरोको लालच देखाएर बोलाएपछि दुबईबाट नेपाली टोली यो भयंकर यात्रामा हिँडेको थियो । एक महिना लगाएर भेट्दा पूर्ण तामाङको हाल त बेहाल थियो । उनीहरू छांगाबाट खसेजस्तै भए जब पूर्णले आफू पनि अपहरणमा परेको र जोगिनका लागि उनीहरूलाई बोलाएको बताए । पूर्णसँगै विनोद श्रेष्ठ र चक्र भन्ने राजन तामाङ पनि थिए । अपहरणकारीले उनीहरूको पैसा, मोबाइल, सुन लुटे । अच्युतसँग ६ सय डलर थियो । अरूसँग भएको पनि लुटे ।
यो रात उनीहरू यत्तिकै सुते । भोलिपल्ट बिहान उनीहरूसँग फिरौती मागियो- ७/७ लाख रुपैयाँ । घरबाट पैसा नझिकाए मारिदिने भन्दै हतियार देखाएर कुटपिट गर्न थाले । ‘अनि हामीले नेपाल फोन गरेर पैसा माग्यौं,’ उनले सुनाए । कमाउन गएको छोराले रुँदै फोन गरेपछि घरबाट ऋण लिएर पैसा पठाइदिए ।
यो टोली कहिल्यै गि्रस पुगेन । किनभने, पूर्ण तामाङ पनि कहिल्यै गि्रस पुगेका थिएनन् । भिओआइपी मार्फत् कल बाइपास गरेर उनले टर्कीबाटै फोन गरेका थिए, नम्बर मात्र गि्रसको देखिएको थियो । हिँडेको एक महिना हुँदा पनि पुगेको खबर नआएपछि दुबईका साथी तिलक पुनले फोन गरेर बुझे । अस्ति नै गि्रस आइसकेको तर अदालती प्रक्रिया नमिलेकाले जेलमा पुगेको, अर्को साताबाट काममा जाने झूटो कुरा बताइदिएछन् ।
घरबाट मगाएको ७ लाख आइपुग्यो । तर, अपहरणकारीले यत्तिकै छोडेनन् । दुबईबाट अरु मान्छे बोलाएपछि बल्ल छोड्ने भन्न थाले । हतियार देखाएर तर्साए । पूर्णले पनि नबोलाए छोड्दैनन् भने ।
…….
एउटा यात्राको कथा यहाँ सकियो र अर्को सुरु भयो । बाटो त्यही थियो, यात्री फरक भए । पहिले पूर्णले अच्युतहरूलाई बोलाएझैं अच्युतले आफ्ना साथी तिलकलाई फोन गरे । र, भने- ‘गि्रसमा एकदम गजब जागिर छ, तपाईंहरू आइहाल्नुस् ।’आफ्ना मित्रले बोलाएको केही समयमा नै तिलक पुन आफ्ना साथीहरू भुवन भण्डारी, कुर्साङ तामाङ, मोहम्मद आलम, कुलबहादुर घर्तीलाई लिएर हिँडे । ‘के गर्नु ? नबोलाएर हातका औंला काटेर राख्ने रैछन्,’ नेपाल फर्किएको १५ दिनपछि मंगलबार बुटबलबाट अच्युतले फोनमा भने, ‘म अरुको ज्यान जोगाउँदा फँसें, अरु मेरो ज्यान जोगाउँदा ।’
तिलक पुनको टोली ओमान आइपुग्यो । यता अपहरणकारीले अर्को सर्त थपे, अरू अढाई लाख देउ । आनाकानी गर्दा कुटपिट गरे । फेरि घरमा फोन बज्यो । खातामा अढाइ लाख चढ्यो । पैसा कमाउन हिँडेकाले १२ लाख जति गुमाए ।
यति गरेपछि बल्ल उनीहरू सिकारीको पञ्जाबाट मुक्त भए । बसमा हालेर कुककुक भन्ने ठाउँमा यिनीहरूलाई ओराल्दिनु भनी छोडे । यो गैरकानुनी हैसियतका मानिसहरूको बसोबास हुने ठाउँ थियो । यहाँ धेरैले पिछा गरे । खानतलासी गर्दा अच्युतको पाइन्टको भित्री खल्तीमा ५० डलर भेटियो । यसैले मोबाइल र सिम कार्ड किनेर नेपालमा फोन गरे । नेपालबाट टिकट काटेर पठाइदिएपछि यो टोली जेठको पहिलो साता काठमाडौं उत्रियो । र, त्यही आसपास तिलक पुनको टोली टर्की पुग्यो ।
‌‌‌…….
वैशाख ३० गते रोल्पाबाट ८१ वर्षीय गोकुल खड्का काठमाडौंको महानगरीय प्रहरी अपराध महाशाखा आइपुगे । उनले आफ्नो छोरो झपेन्द्र खड्का ३५ विदेशमा बन्धक भएको र बन्धककर्ताले पटक/पटक पैसा माग्ने गरेको गुनासो गरे ।
झपेन्द्र २ वर्षअघि दुबईमा वैदेशिक रोजगारीमा गएका थिए । अपि्रलमा झपेन्द्र टर्कीका लागि हिँडे । उनी टर्की नपुग्दै इरानबाट फोन आयो । हिन्दी भाषा बोल्ने व्यक्तिले झपेन्द्रलाई पिट्दै रुवाँउदै मान्छे चाहिने भए २ लाख रुपैयाँ पठाउन भने । रोल्पाका मान्छेले कसरी पठाउनेभन्दा काठमाडौंमा रहेका टेकबहादुर घर्तीलाई पैसा दिन भने । टेकबहादुरका दाइ कुलबहादुर घर्ती तिलक पुनसँगै दुबईबाट गि्रसका लागि हिँडेर टर्कीमा फस्ने टोलीमा थिए । झपेन्द्रका पिताले उजुरी गरेपछि जब प्रहरीले टेकबहादुरसँग सोधपुछ गर्‍यो अपहरणकारीले झपेन्द्र र कुलबहादुर दुवैको पैसा टेकबहादुर मार्फत् एकैपटक लिन खोजेका थिए भन्ने खुल्यो ।
अपराध महाशाखाले पछिल्लो पटक संकलन गरेको सूचनाअनुसार टर्कीमा बन्धक बनाइएका १६ नेपालीले अपहरणकारीलाई कुटपिट गरेर भागेका छन् । अपहरणकारीको समूहबीच नै झगडा भएपछि नेपालीले त्यसको फाइदा उठाएर कुटपिट गरी भागेको प्रहरीको सूचना छ । त्यो टोली तिलक पुन र कुलबहादुर घर्तीको हो कि होइन र भागेका नेपालीहरू कहाँ छन्, अहिलेसम्म पत्तो लागेको छैन ।

0 comments

Post a Comment