नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 1, 2013

बेड सिन हेरेर सुटिङ युनिटले जिब्रो टोक्यो !!

नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा ।निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् । रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ 

0 comments

Post a Comment