नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस
अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस
दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.
Jun 5, 2013
सीमा मिचेर मन्दिर बनाउँदै भारत
at
9:55 AM
माडी (सोमेश्वर) जेठ २२ –बघौडा गाविस वाड नम्बर ९ मा पर्ने नेपाल र भारतको सीमा क्षेत्र सोमेश्वर डाँडामा भारतले आफूखुसी मन्दीर बनाउने काम रोकेको छैन । सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा वल एसएसवीले नेपालमा पर्ने सोमेश्वर डाँडामा पुरात्वात्तिक महत्व बोकेको ठाउँ आफ्नो कब्जामा लिएर मन्दिर बनाउनेका काम अगाडी बढाएको छ । सोमेश्वर डाँडामा रहेको एक पुरानो शिव मन्दिर भत्काएर भारतले नयाँ मन्दिर बनाउन लागेको हो । मन्दिर बनाउनको लागी निर्माणका सामाग्रीहरु एसएसवीले लगिसकेको छ ।
माडीका नीलकण्ठ सापकोटाले निर्माण गरेको यस मन्दिरको २०५० सालमा शिलन्यास भएको थियो । सापकोटा विस २०२६ सालमै त्यस स्थानमा पुगेका थिए । सोमेश्वर गढी मन्दिरमा गइ पुजा गरेमा पापाबट मुक्त हुने जनविश्वास छ । यसको पूर्वपट्टी महेश्वरी गंगा रहेको छ । सापकोटाले त्यहाँ ३२ बोरा सिमेन्ट र ३ क्वीन्टल रड खर्चेका छन् । पैदल हिडेर सीमा क्षेत्र सोमेश्वर डाँडा पुग्न ३ घण्टा लाग्छ । २०६८ सालमा यस मन्दिर निर्माण सम्पन्न गरिएको थियो ।
मन्दिरमा पुजाआजाका लागि आएका झण्डै लाख वढी भक्तजनहरुबाट संकलन भएको १२ हजार रुपैंया एसएसवीले लग्यो । त्यस स्थानमा विगत ५, ६ वर्षदेखि भारतीय पुजारी आइ पुजा गर्ने गरेका छन् । यसपटक भने त्यस स्थानमा नेपाली पुजारी माडीका स्थानीय यदु अधिकारी गएका थिए ।
सोमेश्वर गढी मात्र होइन भारतले अहिले गढीबाट झण्डै १ किमि माडी तर्फ रहेको पातलगंगा समेत आफूहरुको रहेको भनी नेपाली भूमिमा धावा बोल्दै आएको छ । डाडाँबाट भारततर्फको एक किमि पररहेको वंगला पहिले नेपाली शासकहरुले शिकार खेल्ने क्रममा वासवस्नका लागि प्रयोग गर्ने गरेको गर्दीका यमकान्त भूषालले बताए । तर अहिले यो वंगलामा एसएसवीहरु वसेका छन् ।
नेपालको सीमा क्षेत्र रक्षार्थ शसस्त्र प्रहरी सीमा सुरक्षा वल गठन भएको छ । चितवनको आँपटारीमा सीमा सुरक्षा वलको कार्यालय रहेको छ । उसले वेलावखतमा मात्र त्यहाँको सामान्य जानकारी लिने गरेको छ । तर स्थानीयबासी भने सीमा सुरक्षा वल आँपटारीमा नभइ सीमा आसपासम क्षेत्रमा लगेर राख्नुपर्ने वताउँछन् ।
Tags :
0 comments
Post a Comment