असार ६, यदि तपाइँ इन्टरनेट चलाउनका लागी वाई-फाईको प्रयोग गर्नुहुन्छ र घर बाट बाहिर जाने बित्तिकै काम गर्न बन्द गर्दछ भने अब चिन्ता लिनु पर्दैन ।
टीपी लिङ्कले पकेट साइजको एक पोर्टेबल रूटर बजारमा ल्याएको छ । जसले तपाइँ एक साथ १० वटा सिस्टममा वाई-फाई मार्फत इन्टरनेट चलाउन सक्नु हुन्छ ।
यसमा 3जी नेटवर्कको प्रयोग गर्न सकिन्छ । यसको मूल्य ११००० जति पर्नेछ ।
यसका बिषेशताहरूः
ब्याट्री
यसमा 2,000 mAh को ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ६ घण्टा सम्म बिना चार्ज चलाउन सकिन्छ । यसलाइ चार्ज गर्नका लागी यूएसबी पोर्ट दिइएको छ ।
सिम
यसमा 2जी र 3जी जीएसएम सिम लगाउन सकिन्छ ।
मेमोरी कार्ड स्लट
यसमा एउटा माइक्रो कार्ड स्लट दिइएको छ, जसको प्रयोग् कार्ड रीडरका रूपमा पनि गर्न सकिन्छ ।
एन्टीना
यसमा इन्टरनल एन्टीना रहेको छ ।
कनेक्टिभिटी
एकै पटक १० वटा सिस्टमलाइ कनेक्ट गर्न सकिन्छ ।
स्पीड
यसमा 3जी नेटवर्क बाट २१.७६ एमबीपीएस स्पीडबाट इन्टरनेट चलाउन सकिन्छ ।
0 comments
Post a Comment