
चलचित्रमा केही नेपाली र केही भारतिय कलाकारहरुको अभिनय रहने बताइएको छ । करिब ९ करोडको बजेटमा तयार हुन लागेको यो चलचित्रमा सुशान्त सिंह, शदसिभा अम्रापुरकर, रीना रोय, समिर खान, रेहिशा रेग्मी, बाशु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा भारतिय सिनेमाका चर्चित कलाकार शक्ती कपुरले पनि अभिनय गर्ने निर्देशक कमलकृष्णले जानकारी दिए ।

आफू नेपाली माटो बाटै हुर्केकाले चलचित्रको जानकारी सबैभन्दा पहिला नेपाली दर्शकलाई दिन जरुरी ठानेकाले पत्रकार सम्मेलन आयोजना गरेको भनाई निर्देशक कमलकृष्णको छ । चलचित्रमा अजहर खानको पटकथा, संवाद र कथा छ । यस्तै चलचित्रमा रेहान खानको संगीत, चन्द्र पन्तको द्वन्द्व रहने पक्का भएको छ ।

चलचित्रको छायांकन भारतका रमणिय स्थानका साथमा नेपालको रारा तालमा पनि गरिने निर्माणपक्षले बताएको छ । पूर्णतया प्रेमकथामा आधारित यो चलचित्रको घोषणा कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता पप्पु, चलचित्र निर्माता संघका सचिव छविराज ओझा, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, पत्रकार सन्दिप सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
‘रावण’ चलचित्रबाट आफ्नो निर्देशकिय क्षमता पस्केका निर्देशक कमलकृष्णले बलिउड सिनेमाको निर्देशन आफ्नो लागि नयाँ फड्को भएको बताए । चलचित्रको छायांकन अक्टोबरबाट गरिनेछ ।
0 comments
Post a Comment