नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 3, 2013

रोल्पाको थबाङमा भूम्याको रौनक (फोटो फिचर)

रोल्पाको थबाङमा कुनै समय द्वन्द्व र युद्धका कुरामात्र सुनिन्थे । तर, यतिबेला माओवादी युद्धको उद्गमस्थल रोल्पा र रुकुममा पर्यटकीय गतिविधिका सम्भावनाबारे कुराकानी हुन थालेको छ । अहिले यो क्षेत्रमा कला र संस्कृतिलाई जर्गेना गर्ने हेतुले यहाँका स्थानीयवासी एवं राजनैतिक दलहरु लागि परेका छन् । यसै क्रममा थबाङमा खर्भरै मगर जातिको भूम्या पर्व धुमधामका साथ मनाइएको छ ।

Dharmsal-najikai-dekhiyak

भर्खरै असारको पहिलो हप्ता ‘गुरिल्ला पदमार्ग’ अन्तर्गत पर्ने रुकुम, रोल्पाका मगर समुदायले यस बर्षको भूम्या पर्व हर्षोल्लासका साथ मनाएका छन् । भूम्या रोकब्याधी नलागोस्, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस् भनेर मगर समुदायले मनाउने प्रमुख पर्व हो ।
विशेष गरी रोल्पाका जेलबाङ र थबाङ अनि रुकुमको खलंगा र महत गाउँमा हर्सोल्लासका साथ भूम्या पर्व मनाइने गरिन्छ । वर्षा सुरु हुनु अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुले मनाउँदै आएको स्थानीय नेता तथा समाजसेवी चन्द्रबहादु बुढामगर बताउनुहुन्छ ।
मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन चल्छ । वरीपरिका गाउँहरु र शहरबाट समेत मानिसहरु भेला हुन्छन् । कोही विदेश बस्नेहरु पनि भूम्या  पूजाको समयमा गाउँमा फर्कन्छन् ।
मगर भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर बिभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् । भूम्या पर्ब “गुरिल्ला ट्रेल” पदमार्गमा पर्ने मगर बस्तीहरुमा मनाउने गरिन्छ । रोल्पा र ­ रुकुममा भूम्याजस्तै जस्तै-नचारु, सिंगारु, मयुर, टप्पा आदि पर्वसमेत मनाउने गरिन्छ ।

Bhumya parba 1

रोल्पा र रुकुमका उत्तरपूर्वी क्षेत्रहरुमा मनमोहक जलजला पहाड, ढकमक्क फूलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल छिचोल्दै यात्रा गर्नुको मजै बेग्लै हुन्छ ।
अलग पहिचान बोकेको १० वर्षे जनयुद्धको इतिहास, द्वन्द्वकालका अवशेषहरु, कम्यु नहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरुले प्रयोग गरेका गोरेटोहरुमा यात्रा गर्दै विभिन्नथरिका फूलहरु, चराचुरुंगी, वनस्पति, छंगछंग बग्ने खोलानाला, अग्ला पहाडहरु, झरनाहरु साथै जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
के हो गुरिल्ला पदमार्ग ?
“गूरिल्ला पदमार्ग” भर्खरै मात्रै पहिचान गरिएको नयाँ पदमार्ग हो, यो पदमार्गले रोल्पा, रुकुम, बागलुङ हुँदै म्याग्दी जिल्लाहरु समेटेको छ । यस पदमार्गमा सुलीचौर, जेलबाङ, ओखरेनी, धरमपानी, जलजला, थाबाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ ।

Thawang

यो मार्गमा थबाङबाट धरमशाला, लावाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाडा (चुनवाङ) हुँदै गैरीगाउँबाट घर्तीगाउ निस्कन सकिन्छ ।
“गुरिल्ला ट्रेल १० वर्षे जनयुद्धको दौरानका साथै मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको समायोजन भएको मौलिक पर्यटकीय अवधारणा र क्षेत्र रहेको एमाओवादी युवा नेता गणेशमान पुन बताउनुहुन्छ ।

Rolpa-okhreni-bata-dharm-pa

Bhumya parba 2

Bhumya parba 3

labaang-rukum

Bhumya parba 5
parmparagat-vesvussama-1

parmparagat-vesvussama-saji

Bhumya parba 6

Bhumya parba 9

jaljala

batoma-phuleka-phur-halr-gu





0 comments

Post a Comment