नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 7, 2013

तिते करेला औसधिहरुको हजुर बाउ

करेला एक लहरामा फल्ने फल हो । हेर्नमा हरियो र सेतो खानमा तीतो करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर हुन्छ । तीते करेलामा पाइने विभिन्न रासायनिक पदार्थमध्ये ःभयचमष्अष्लभ भन्ने एक रासायनिक पदार्थले गर्दा करेलाको स्वाद तीतो हुन्छ ।

तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । यसको वैज्ञानिक नाम ःomयमष्अब ऋजबचलतष्य हो । यो ऋगअगचदष्तबअभबभ परिवारमा पर्दछ । अङ्ग्रेजीमा भने यसलाई द्यबकिam एचभब वा ऋजष्लभकभ द्यष्ततभच ःभिियल पनि भन्ने गरिन्छ ।

आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ ।

रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ ।

ठूलो ठीक्कको एउटा तीते करेलामा फस्फोरस ७० प्रतिशत पाइन्छ भने पानी ९२.४ प्रतिशत र क्याल्सियम २० प्रतिशत, प्रोटिन १.६ प्रतिशत रहेको हुन्छ भने अन्य खनिज पदार्थ ०.८, कार्बोहाड्रेट ४.२, रेशा ०.०८ पाइन्छ ।

यस्तै १०० ग्राम तीते करेलामा भिटामिन 'ए' २१० मिलिग्राम, भिटामिन 'बी' ०.०७ मिलिग्राम रहेको हुन्छ ।

यसका अन्य गुणमा

८ दैनिक खाने गरेमा कब्जियत रोगमा फाइदा गर्दछ । यसले पाचन र मल निष्कासनलाई नियमित गर्दछ ।

८ अरूचि भएमा प्रतिदिन करेलाको तरकारी खाने गरेमा रूचि बढ्नुका साथै भोक जगाउँछ ।

८ विभिन्न पुराना रोगमा करेलाको रस दुई चम्चाका दरले बिहान बेलुका खाएमा आराम हुन्छ ।

८ दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ ।

८ मधुमेहका रोगीका लागि त यो वरदान नै हो भने पनि हुन्छ । यस रोगीले हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह रोग ठीक हुन्छ ।

८ प्रायः स्वास्नी मानिसको महिनावारी भएको समयमा पेट दुःख्ने गर्दछ । त्यस अवस्थामा करेलाको पात, २-३ गेडा मरीच र १-२ पोटी -केस्रा) लसुन मिसाएर तीन दिनमा एक पटक खाएमा आराम हुन्छ ।

याद गर्नुपर्ने कुरा के छ भने कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गर्दछ तसर्थ यस्ता व्यक्तिले तीते करेलालाई नियमित नगरी हप्ताको बढीमा दुई पल्ट सेवन गर्नु लाभदायक मानिन्छ ।

0 comments

Post a Comment