
हालै मात्र एक पार्टीमा नायिका कटि्रना कैफले घुम्नका लागि गरेको आग्रहलाई टारेपछि यि दुई बिच बोलचाल समेत बन्द भएको थियो । तर कटि्रनालाई फकाउनको लागि रणवीरले आफ्नी पूर्व प्रेमिका दीपिकासँग सम्बन्ध विगार्ने काम गरेका छन् ।
‘रकस्टार’को सफलता पछि बलिउड निर्देशक इम्तियाज अलि नयाँ चलचित्रको तयारीमा छन् । उनले नयाँ चलचित्रका लागि रणवीर कपुर र दीपिका पादुकोणको जोडीलाई लिने तयारी गरेका थिए । बलिउड बजारमा इम्तियाजको नयाँ चलचित्रमा दीपिका र रणवीर नै हुने पक्का पक्की भएको खबरले चर्चा पाएको थियो ।
तर कटि्रना कैफसँग सम्बन्ध सुधार गर्न र उनलाई फकाउन रणवीरले दीपिकाको ठाउँमा कटि्रनाको नाम सिफारिश गरेका छन् । भारतिय संचारमाध्यहरुका अनुसार रणवीरको सिफारिशमा अब इम्तिहाजको नयाँ चलचित्रमा दीपिकाको स्थान कटि्रनाले लिएकी छिन् । यतिबेला रणवीर र कटि्रना निक्कै नजिक रहेको वुझिएको छ । कटि्रना र रणवीर डेटमा रमाउन थालेको पनि केही समय भैसकेको छ । यस्तो अवस्थामा आफ्नी पूर्व प्रेमिकाको मन दुखाउँदै रणवीरले हालकी प्रेमिका कटि्रनालाई नयाँ चलचित्रमा जोडी बनाउने निर्णय गरेका हुन् ।
0 comments
Post a Comment