
यसअघि प्रत्त्येक हप्ताको दुई पटक उडान भर्दे आएपनि मनाङसम्म यातायातका साधनहरु निरन्तर रुपमा चल्न थालेपछि यस वर्ष ४ महिनामा ३ पटकमात्रै जहाज पुगेको छ । मनाङबबाट दैनिक रुपमा यातायातका साधनहरु ओहोरदोहोर गर्न थालेपछि मनाङबाट हवाईल सेवा प्रयोग गरी पोखरा जानेहरुको संख्यामा कमी आएको बताइएको छ । फागुनदेखि हवाइ सेवा सञ्चालनमा आएको औपचारिक सूचना दिइएपनि त्यसयता तीन पटक मात्रै जहाज मनाङ पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।
मनाङमा अहिले हवाइ उडान बन्द भएपछि छिटोछरितोको लागि हवाई सेवा प्रयोग गर्ने, आपतकालिन र भिआइपी तथा अन्नपूर्ण पदमार्गमा घुम्न जाने पर्यटक तथा पर्यटन ब्यवसायीहरुलाई भने मर्का परेको मनाङ पर्यटन ब्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले वताए ।
यसअघि मनाङसम्म मोटर नचल्दा स्थानीय बासिन्दा, शिक्षक–कर्मचारीहरु हवाई यात्रा मार्फत जाने आउने गर्दथे भने अहिले मनाङसम्म गाडीबाट जानेआउने गर्दछन् । मनाङका प्रहरी नायव उपरीक्षक प्रवीणलाल श्रेष्ठले मनाङमा हवाइ सेवा सञ्चालन हुने समय झण्डै २ महिनासम्म नेपाल वायु सेवा निगमको जहाजले उडान नभरेको बताएका छन् । तर यता केही महिना अगाडी मुस्ताङमा विमान दुर्घटना भएपछि मनाङमा उडान स्थगित गरिएको हुम्डे विमानस्थलका स्टेशन म्यानेजर सुर्य गुरुङले जानकारी दिएका छन् ।
मनाङमा विमान नआउने भएपछि विमानस्थलका स्टेशन म्यानेजर गुरुङलाई पनि पोखरा विमानस्थलमा काजमा खटाइएको छ । मनाङमा हवाई सेवा नचल्दा आपत्तकालिन अवस्थामा स्थानियबासीले हेलिकप्टर चार्टर गर्नुपरेको मनाङका विनोद गुरुङले बताए । नेपाल वायु सेवा निगमले सुरुमा मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न २०३९ साल असोजबाट सुरु गरेको हो ।
0 comments
Post a Comment