
नुहाउँदा करेन्ट लागेर मंगलबार ज्यान गुमाएकी ती ६ कक्षामा पढ्ने बालिकाको नाम गोप्य राखिएको छ । समाधिस्थ गरिएको अर्को दिन जब ती बालिकाका बुवाआमा प्रार्थना अर्थात् फतेहाका लागि त्यस ठाउँमा पुगे तब उनीहरुले आफ्नी छोरीको शव चिहानबाट बाहिर निकालिएर नजिकै राखिएको देखे । छोरीको शवको स्थिति हेर्दा उनीहरुले आफ्नी छोरीको शवमाथि बलात्कार गरिएको थाहा पाए ।
चिहानबाट शव निकालेर बलात्कार गरेको घटनाको विरोधमा ती बालिकाका बुवाआमा तथा आफन्तले प्रदर्शन तथा चक्काजाम समेत गरे । पछि प्रहरी अधिकारीहरु घटनास्थल पुगेर दोषीलाई कारवाही गर्ने आश्वासन दिए ।
प्रहरीले बालिकाको अन्तिम संस्कार गर्दा चिहान खन्ने काममा संलग्न मान्छेहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।
0 comments
Post a Comment