नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 7, 2013

यौनबजारमा चिनियाँ,रसियन,भारतीय,प्यालेस्टिनी युवतीसमेत सक्रिय

नेपालको यौनबजारमा चिनियाँ, रसियन, भारतीय, प्यालेस्टिनी युवतीसमेत सक्रिय रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार ६ महिना अघिदेखि नेपाली यौनबजारमा विदेशी यौनकर्मीको संख्या बाक्लिँदै गएको देखिएको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवाल काठमाडौंको यौनबजारमा चिनियाँका साथै भारतीय, प्यालेस्टिनी र रसियन युवतीको सक्रियता बढेको बताउँछन् । उनी भन्छन्, ‘चिनियाँ युवतीझैं संगठित रूपमा नै अन्य देशकाहरू सक्रिय भएको भने देखिएको छैन ।
प्रहरीका अनुसार चिनियाँबाहेक अन्य राष्ट्रबाट आउने यौनकर्मीहरू नेपालमा रहेका उनीहरूका एजेन्टबाट माग आएपछि नेपाल भित्रिने गरेका छन् । उनीहरू निक्कै गोप्य रूपमा नेपालमा आउने र स्वदेश र्फकने गरेको प्रहरीको दाबी छ । विदेशी यौनकर्मी मगाउने एजेन्टहरूले एयरपोर्टदेखि नै उच्च सतर्कता अपनाएर उनीहरूलाई सम्बन्धित स्थानमा ल्याउने र पुर्‍याउने गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।प्रहरी स्रोत विदेशी यौनकर्मी महिला नेपाल आएको बारेमा सूचना आउने गरे तापनि विदेशी यौनकर्मी महिलालाई नेपालमा मगाउने धन्दामा उच्च र शक्तिशाली वर्गको संलग्नता हुने गरेको र निक्कै गोप्य रहने गरेकाले तत्काल कारबाही नगरिएको दाबी गर्छ । स्रोतले भन्यो, ‘उनीहरू नेपाल भित्रिएदेखि नै हामीलाई जानकारी त हुन्छ, तर निक्कै गोप्य हुने र विदेशबाट आउने यौनकर्मीसमेत हाइप्रोफाइलका हुने भएकाले प्रमाण जुटाउन मुस्किल भएकाले हात हालिसकेका छैनौँ ।’ प्रहरी महँगा होटल अनि मुख्यतया क्यासिनोले ग्राहकको डिमान्डअनुसार विदेशी यौनकर्मी मगाउने गरेको दाबी गर्छन् ।
संगठित छन् चिनियाँ
विदेशी यौनकर्मीहरूमा चिनियाँ युवती संगठित रूपमा नै सक्रिय देखिएका छन् । बुधबारको घटनाबाट पनि यसको थप पुष्टि भएको छ । प्रहरी इकाइहरूको अनुमानअनुसार करिब सयको हाराहारीमा चिनियाँ युवती नेपाली यौनबजारमा सक्रिय छन् । उनीहरू होटल, लज तथा आफंै घर भाडामा लिएर नेपाली यौनबजारमा संलग्न हुने गरेका छन् ।प्रहरीका अनुसार पर्यटकीय क्षेत्रहरूमा खुलेका चिनियाँ होटल तथा रेस्टुरेन्टहरू उनीहरूको प्रमुख सम्पर्क केन्द्रहरू हुन् । ठमेल क्षेत्रमा मात्र चिनियाँका पाँचवटा रेस्टुरेन्ट छन् । लैनचौर प्रभागका प्रहरी निरीक्षक रुगमबहादुर कुँवर ठमेल क्षेत्रको यौनव्यापारमा विदेशी युवतीमध्ये चिनियाँ बढी देखिएको बताउँछन् । उनका अनुसार ठमेलमा रहेका चिनियाँ रेस्टुरेन्टहरूमा उनीहरूको उपस्थिति बाक्लो देखिन्छ । प्रहरीले पनि आफ्नो अनुसन्धानको केन्द्रमा यस्ता रेस्टुरेन्टहरूलाई राख्ने गरेको छ । प्रहरीले केही साताअगाडि बेजिङ रेस्टुरेन्टमा छापा मारेर केहीलाई पक्राउसमेत गरेको थियो ।एसपी सिलवालसमेत विदेशी यौनकर्मीहरूमा चिनियाँ बढी संगठित देखिएको बताउँछन् । उनले भने, ‘अन्य राष्ट्रका मागअनुसार आउने र फर्किहाल्ने गरेका देखिन्छन्, तर, चिनियाँचाहिँ लामो समयसम्म नेपालमै बसेर यौन व्यवसायमा संलग्न हुने गरेको देखिएको छ ।’
चिनियाँहरू प्रायः
पर्यटन भिसामा नेपाल आएर यौन व्यवसायमा संलग्न हुने देखिएको छ । बुधबार पक्राउ परेका चिनियाँ युवतीको बयानले पनि विदेशी युवती नेपाल घुम्ने बहानामा आएर यौनपेसामा सक्रिय हुने गरेको प्रहरीको दाबी पुष्टि गरेको छ । पक्राउ परेका ६ जना चिनियाँ युवती डेढ साता अगाडिमात्र पर्यटन भिसामा नेपाल आएका थिए । प्रहरीसमक्ष उनीहरूले आफू नेपाल घुम्न आएको र सम्पर्कको आधारमा ठमेलमा रहेको घरमा बस्ने गरेको बयान दिएका छन् ।चीनबाट युवती नेपाल ल्याएर देहव्यापारमा संलग्न गराउन चिनियाँ नागरिक नै सक्रिय छन् । व्यापारको बहानामा लामो समय नेपाल बस्ने अनुमति पाएका चिनियाँहरूले आफ्नो देशबाट पर्यटकका रूपमा यौनकर्मी ल्याएर राख्ने र भिसा सकिएपछि स्वदेश फर्काउने गरेका छन् ।बुधबार पक्राउ परेका कोठी-सञ्चालक चिनियाँ नागरिक योयाङ हुँका अनुसार प्रत्येक दुई महिनामा उनको कोठीमा चिनियाँ केटीहरू फेरिन्थे । पर्यटक भिसामा दुई महिना घुम्ने बहानामा नेपाल ल्याएर उनले ठमेलमा रहेको भव्य बंगलामा राखेर उनीहरूलाई देहव्यापारमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।हुँले बयानमा २/२ महिनामा उनकी श्रीमतीले चीनबाट युवतीहरूलाई नेपाल घुमाउन ल्याएर यौनधन्दामा लगाउने गरेकोसमेत बताएका छन् । बुधबार प्रहरीले कोठीमा छापा मार्दा सञ्चालिका चीन गएकी थिइन् ।प्रहरी नै ठमेलमा बुधबार छापा मारेर बन्द गराइएको कोठी चिनियाँ युवतीको एक मात्र कोठी रहेको स्विकार गर्दैन । एसपी सिलवालको दावा छ, ‘ठमेल क्षेत्रमा मात्र यस्ता अन्य तीनवटा स्थान छन् जहाँ बसेर चिनियाँ युवती यौन व्यवसायमा संलग्न छन् । तर, उनी ती स्थानहरूको बारेमा खुलेर कुरा गर्न चाहँदैनन् । उनले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा रहेकाले सबै विवरण सार्वजनिक गर्न मिल्दैन ।’
संख्यामा अन्योल
नेपालमा यौनकर्मीको संख्या कति छ भन्ने यकिन तथ्यांक कतै छैन । सन् २००५ मा एक अन्तर्राष्ट्रिय संस्था फेमिली हेल्थ अर्गनाइजेसनले गरेको अनुसन्धानमा नेपालमा आठ हजार यौनकर्मी सक्रिय रहेको देखिएको थियो । केही समयअगाडि कम्युनिटी एक्सन नेपालले यौनकर्मी महिलाको बारेमा अनुसन्धान गरी प्रत्येक वर्ष दुई हजारको संख्यामा यौनकर्मीको संख्या बढ्ने गरेको दाबी गरेको थियो । यी दुवै अनुसन्धानको आधारमा अहिले करिब १५ हजारको संख्यामा नेपाली यौनकर्मी महिला सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।तर, विदेशी महिला यौनकर्मीको बारेमा भने अहिलेसम्म कसैले अनुसन्धान गरेको छैन । एक अनुमानअनुसार काठमाडौंमा सबैभन्दा बढी चिनियाँ युवती यौन व्यवसायमा सक्रिय छन् । उनीहरूको संख्या सयको हाराहारीमा रहेको प्रहरीको अनुमान छ । उनीहरू पर्यटकको बढी चहलपहल हुने काठमाडौंको ठमेल र ललितपुरका केही क्षेत्रमा सक्रिय छन् ।तर, अन्य विदेशी यौनकर्मीहरू संगठित रूपमा भन्दा पनि मागअनुसार नेपाल आउने गरेकाले उनीहरूको संख्या यत्ति नै हुन्छ भन्न गाह्रो छ ।
कानुन नहुँदा सास्ती
आधुनिक बंगला भाडामा लिएर यौनधन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सात चिनियाँ नागरिकमध्ये कोठी सञ्चालकलाई मात्र प्रहरीले कारबाही गरेको छ । प्रहरीले पक्राउ परेका पाँच नेपाली ग्राहक र ६ चिनियाँ युवतीलाई रिहा गरी सञ्चालक योयाङ हुँलाई अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखेको छ । उनीमाथि प्रहरीले सार्वजनिक अपराध गरेको अभियोगमा कारबाही चलाउने तयारी गरेको छ ।होटल, लज तथा कोठीहरूमा छापा मारेर प्रहरीले यौनकर्मीको अभियोगमा युवतीहरूलाई पक्राउ गर्ने गरे पनि स्पष्ट कानुनको अभावमा सार्वजनिक अपराधअन्तर्गत कारबाही चलाउने गरेको छ । देहव्यापारलाई कानुनविपरीतको गतिविधि रहेको उल्लेख गर्दै स्पष्ट सजायको व्यवस्था भएको कुनै कानुन छैन । स्पष्ट कानुनको अभावमा प्रहरीले मुलुकी ऐनलाई टेकेर समाजमा नकारात्मक प्रभाव पारेको भन्दै यौनकर्मी र उनीहरूका ग्राहकलाई कारबाही गर्दै आएको छ ।स्पष्ट कानुनको अभावमा संगठित रूपमा नै यौन व्यवसाय सञ्चालन गर्नेहरू उम्किने गरेका छन् । प्रहरीले पक्राउ परेका नेपाली श्याम अग्रवाल, सूर्य क्षेत्री, विष्णु शर्मा र बुद्ध लामालाई र चिनियाँ युवतीहरू ला याङयाङ, सुन कुतोज, इयाङ वेल, लि इलिया, योङ विरोङ, योयाङ हँु, जान चाङ हुङ र भि वाङलाई बिहीबार बेलुका रिहा गरेको थियो 

0 comments

Post a Comment