नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 3, 2013

बाटामा भेटिएको १७ हजार बुझाउँदा ४ हजार इनाम !

१९ असार, काठमाडौं । ललितपुर ग्वार्को डेरा गरी बस्ने सिन्धुलीका नारायण पहाडी सोमबार बेलुकी कोठा र्फकंदै हुनुहुन्थ्यो । कोठा नजिक पुग्ने बेला सडक छेउमा एउटा सानो कालो वस्तु देख्नुभयो । अलि पर पुगेपछि उहाँलाई लाग्यो, पक्कै यो पर्स हुनुपर्छ । अनि उहाँ र्फकनुभयो । नभन्दै पर्स नै रहेछ । वरपर हेर्नुभयो, कोही छैनन् । लोडसेडिङले सबैतिर अन्धकार छ । अनि पर्स गोजीमा हालेर कोठामा पुग्नुभयो ।
कोठामा पुगेर हतारहतार पर्स खोल्नुभयो । नगद साढे १२ हजार, ५ हजारको चेक, एटीएम, नागरिकता र सवारी लाइसेन्स रहेछ । नागरिकता, लाइसेन्स र एटीएममा इमाडोलका राजन सुवेदीको नाम थियो ।
बाटोमा भेटेको यतिका रुपैंया आफैंसँग राख्न नारायणको मनले मानेन । जसको हो, उसैलाई फिर्ता दिन पर्यो भन्ने उहाँलाई लाग्यो । कतै फोन नम्बर छ कि भनेर हेर्नुभयो । तर, भेटिएन । त्यो रात त्यसै सुत्नुभयो ।
भोलिपल्ट अर्थात बुधबार बिहानदेखि फेरि उहाँले पर्स धनी राजनको नम्बर पत्ता लगाउन कोशिस गर्नुभयो । एटीएममा उल्लेख भएको बैंकको फोन नम्बरमा फोन गरेर सोध्नुभयो । तर, थाहा भएन । पर्समा एउटा सानो कागजमा कसैको नम्बर रहेछ । त्यहाँ फोन गर्दा बल्ल राजनको नम्बर पत्ता लाग्यो ।
राजनलाई फोन गरेपछि उहाँले तपाईंको केही हराएको छ भनेर सोध्नुभयो । अघिल्लो रात पर्स हराएर चिन्तामा परेका राजनले दंग पर्दै हो भन्नुभयो । त्यसपछि कति, के छ भनेर सोध्दै जाँदा पर्स राजनकै रहेछ भन्ने कुरा नारायणलाई पक्का भयो । त्यसपछि दुईजनाको भेट्ने सल्लाह भयो ।
आफूले भेटेको पर्स सोधीखोजी गरेर पर्सधनीलाई बुझाउन लागेको कुरा यत्तिकै टार्न नारायणलाई मन लागेन । उहाँले केही सञ्चारमाध्यम र सञ्चारकर्मीलाई फोन गरेर घटना विवरण सुनाउनुभयो । तर, एकपटक अनुजा बानियाँको काण्ड भोगेका पत्रकारले नारायणको कुरा सहजै विश्वास गरेनन् । दुवैजना उपस्थित भएर कुरा प्रष्ट राखेपछि मात्रै नारायणको इमान्दारिता पुष्टि भयो ।
‘उहाँ त मेरो लागि भगवान नै हो’ राजनले अनलाइनखबरसित भन्नुभयो-’मजदूरी गरेर खाने मेरा लागि १७ हजार रुपैंया ठूलो कुरा हो, त्यसमाथि नागरिकता र लाइसेन्स समेत थियो ।’ हराएको पर्स भेटेर गदगद भएका राजनले नारायणलाई उतिखेरै चारहजार रुपैंया इनामसमेत दिनुभयो । ‘भो भो पर्दैन लिन्न भनेको, मरिगए मान्नुभएन’ राजनले अनलाइनखबरसित भन्नुभयो-’१७ हजार त फिर्ता गरें, यो चार हजार लिन मन नै थिएन, उहाँले राख्न नमानेपछि लिन कर लाग्यो ।’

0 comments

Post a Comment