नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 7, 2013

पूर्वका होटलमा नयाँ तरिकाबाट यौन धन्दा


झापाको बिर्तामोडस्थित एउटा होटलमा यौन धन्दा सञ्चालन हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मार्ने निर्णय गर्‍यो । सादा पोसाकमा खटिएका प्रहरी ग्राहक बनेर छापा मार्ने निर्णयमा पुगे । होटलमा पुग्दा थाहा भयो- सबै कोठाका ढोकामा बाहिरबाट ताला मारिएको छ । आखिर यस्तो गलत सूचना दिएर कसले झुक्याइरहेको छ ? प्रहरी अल्मलियो ।

प्रहरीले पाएको सूचना न गलत थियो, न त होटलका कोठा खाली थिए । दिउँसै यौन क्रियाकलाप गर्न चाहने ग्राहकको संख्या बढेपछि यतिवेला पूर्वका होटलले अपनाएको नयाँ उपाय प्रहरीले पत्तै पाएन । अहिले यो उपाय यौनधन्दा चलाउनेका लागि आम्दानीको दहि्रलो स्रोत भएको छ । ‘त्यो उपाय भनेको ग्राहकलाई एक वा दुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चा मारिदिने हो,’ बिर्तामोडको होटलका एकजना कर्मचारी भन्छन्, ‘होटलका कोठामा ताला लागेको देखेपछि आउने-जाने सबैलाई कोठा खाली छन् भन्ने भान पर्छ ।’

‘रात परेपछि भन्दा पनि होटल चल्ने त दिउँसै हो,’ ती कर्मचारीले भने, ‘एक घन्टामा राम्रै आम्दानी हुन्छ ।’ उनका अनुसार, होटलका कोठा दिनभरि यौन क्रियाकलाप गर्न चाहने ग्राहकले खचाखच भरिने गर्छन् । ग्राहकले एक घन्टा कोठा लिएबापत बढीमा पाँच सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । काउन्टरमा अगि्रम भुक्तानी गरेपछि कोठामा पसेका ग्राहकलाई बाहिरबाट ताल्चा लगाएर राखिन्छ । ग्राहकले मागेको समय पूरा भएपछि होटलका कर्मचारीले ताल्चा खोलिदिन्छन् ।

अधिकांश ग्राहकले साथमा युवती लिएर आउने गरेकाले खासै मोलमोलाई गरिरहनु नपर्ने ती कर्मचारीको अनुभव छ । ‘हामीले लिने भनेको समयअनुसारको भाडा मात्रै हो,’ उनले भने, ‘युवतीसहित कोही एक/दुई घन्टा आएर बस्छ भने त्यसमा कसैले टाउको दुखाउनुहुँदैन ।’ होटलका कोठा पहिल्यै बुक गराएर मात्रै ग्राहक आउने गरेको बताउँदै झापा दमकका एकजना होटल सञ्चालक भन्छन्, ‘ग्राहकको इच्छाअनुसार चल्नु व्यवसायीको धर्म हो ।’

होटल व्यवसायी संघ मध्यपश्चिमका अध्यक्ष गंगाप्रसाद सिटौलाले विकृतिमुक्त होटल र गेस्टहाउस छन् भन्न सक्ने अवस्था नरहेको बताए । ‘प्रहरीसमेतको सहभागितामा व्यवसायलाई मर्यादित बनाउने निर्णय भए पनि प्रभावकारी रूपमा लागू गर्न सकिएको छैन,’ उनले भने । होटलमा विकृति बढेपछि दुई वर्षपहिले झापाको दमकमा महिला संगठनका प्रतिनिधिले यौनकर्मी महिलालाई होटलबाट निकालेर कुटपिट गरेका थिए । झापाका सहर बजारमा स्थानीय मात्र होइन, शरणार्थी जीवन बिताइरहेका भुटानी युवती पनि प्रशस्तै भेटिन्छन् । बिर्तामोड, दमक, काँकडभिट्टालगायत स्थानमा शरणार्थी युवतीकै बाहुल्य छ । यौनजन्य क्रियाकलापमा शरणार्थी युवतीको संलग्नता पहिलो घटना भने होइन । यस्ता दर्जनाँै घटना छन्, जहाँ शरणार्थी युवतीको संलग्नता नभएको होस् । प्रहरीले छापा मार्दा होटलबाट शरणार्थी युवती समातिएका दर्जनौँ घटना रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्की बताउँछन् ।

आफूखुसी यौन व्यवसायमा लागेका शरणार्थी युवती पूर्वका सहरपिच्छे भेटिन्छन् । उनीहरू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ झापाको दमक हो । यसबाहेक पूर्वको धरान, इटहरी, विराटनगर, इनरुवालगायत सहरमा पनि उनीहरू देहव्यापारका लागि जाने गरेका छन् । ‘झापाबाहिर धरानमा उनीहरूको माग बढी छ,’ शरणार्थी शिविरका एकजना अगुवाले भने, ‘तीन हजार बढी शरणार्थी युवती देहव्यापारमा लागेको अनुमान गरेका छौँ ।’

स्रोतका अनुसार, पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका भुटानी युवतीलाई देहव्यापारमा संलग्न गराउन शिविरमा घुम्ती समूह खटिने गरेको छ । त्यस्तो समूहले झापा र मोरङका सातवटै शिविरका युवतीलाई मोटो रकम दिएर पूर्वका होटल तथा रेस्टुरेन्टसम्म पुर्‍याउने गरेको पाइन्छ । घुम्ती समूहले झापाको काँकडभिट्टादेखि सुनसरीको धरानसम्मका ठुल्ठूला होटल र रेस्टुराँमा युवती पुर्‍याएर यौन व्यवसायमा लगाउने गरेको छ ।

यस्तो कार्यमा अधिकांश विद्यालय जाने उमेरका युवती संलग्न छन् । उनीहरू पढाइ छाडेर यौन व्यवसायमा लागेका छन् । यौनकार्य गरेबापत उनीहरूले एकपटकमा दुई सयदेखि पाँच हजार रुपैयाँसम्म कमाउने गरेका छन् । आफूहरूलाई होटल तथा रेस्टुराँको मागअनुसार एक/दुई सातासम्म एक ठाउँदेखि अर्को ठाउँसम्म लग्ने गरिएको देहव्यापारमा संलग्न एक युवतीले बताइन् ।

0 comments

Post a Comment