
विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ ।
वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ ।

यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ ।
केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३० वर्ष उमेर नपुग्दै मरेका पुरुषहरुको नाममा बिहे गरिदिने चलन छ ।

त्यसरी मरेका मान्छेको पत्नी बन्ने महिलालाई मुलेवा भनिन्छ । मुलेवाले आफुले बिहे गरेको भनिएको त्यो मृत मान्छेलाई कहिल्यैपनि भेटेकी हुँदैनिन् परन्तु उसको आत्मा जिउँदै रहेको र कुनै दिन भेट्ने विश्वास रहेको हुन्छ । अनौठो कुरा त के भने मरेको मान्छेसँग बिहे गर्ने ती महिला अर्थात् मुलेवालाई अन्य पुरुषसँग सम्भोग गरी बच्चा पाउने छुट छ । तर उनीबाट जन्मिएको बच्चाको बाउ भने त्यहीँ मरिसकेको मान्छे नै हुन्छ

0 comments
Post a Comment