
‘बसपार्कमा चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्यो ।’ अघिल्लो दिनमात्रै १५
वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै
घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला
पारेपछि पक्राउ गर्यो ।
शुक्रबार अपराह्न मात्रै १५ वषर्ीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा
सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७
वषर्ीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला
परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी,
फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा
लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग
सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको
देखिएको उनले बताए । ‘चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,’ उनले
भने, ‘आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।’
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य
रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी
कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले ‘सामूहिक
बलात्कार’ भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि
बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा
फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको
रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल
तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
0 comments
Post a Comment