नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 5, 2013

छोरी हुर्केपछि एमाले नेता पोखरेलले गरे विवाह दर्ता

२१ असार, दाङ । नेकपा एमालेका सचिव शंकर पोख्रेलले शुक्रबार दाङमा विवाह दर्ता गराउनुभएको छ । आजभन्दा १६ वर्षपहिल्यै विवाह गरिसक्नुभएका पोखरेलले नयाँ विवाह गर्नुभएको चाहिँ होइन । विवाह गरेको झण्डै १६ वर्षपछि शुक्रवार गृह जिल्ला दाङको बिजौरी गाविसमा १ सय ५० रुपैयाँ जरिवाना तिरेर उहाँले १६ वर्ष पहिलेको सुजिता शाक्यसँगको विवाहलाई कानुनी रुप दिनुभएको हो ।
Shankar-pokhrel-n-his-wife

दाङको बिजौरी स्थायी घर भएका शंकर पोख्रेल र संखुवासभाकी सुजिता शाक्यवीच विवाह भएको १६ बर्ष पुगिसकेको छ । पोख्रेलकी एक छोरी अहिले ११ कक्षामा अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी स्कुलमा पढिरहनुभएको छ ।पूर्वसञ्चारमन्त्री समेत भएका पोख्रेलले व्यक्तिगत घटना दर्ता गराउन राज्यले तोकेको ३५ दिन भन्दा १५ बर्ष ११ महिना पछि बिबाह दार्ता गराएकाले १ सय ५० रुपैयाँ जरिवाना तिरेपछिमात्रै विवाह दर्ता भएको हो ।
बिहे दर्ता गराउनका लागि पोख्रेल र सुजितासहित पार्टीका कार्यकर्ताहरु बिजौरी गाबिसको कार्यालय पुगेका थिए । विवाद दर्तासंगै पोख्रेलले आफ्ना दुई छोरी अंकिता र आकृतिको पनि जन्मदर्ता गराउनुभएको छ ।विवाह दर्तापछि पोख्रेलले भन्नुभयो, ‘कानुनीरुपमा सबै नागरिकहरुलाई व्यक्तिगत घटनाहरु दर्ता गराउनु पर्छ भन्ने मलाई अहिले लाग्यो र यो सन्देश अरुलाई पनि दिनुपर्छ भनेर विवाह दर्ता गराएको हुँ । योसंगै दुई छोरीको पनि जन्मदर्ता गराएको छु ।’
राजनीतिक व्यस्तता र अन्य कारणले गर्दा ढीलो बिहे दर्ता र छोरीहरुको जन्मदर्ता गराउनु परेको पोख्रेलको भनाइ छ । पोख्रेल दम्पतीलाई दर्ता नम्बर ४९ को बिहे दर्ता प्रमाणपत्र प्रदान गर्दै गाबिस सचिब ठाकुरप्रसाद न्यौपानेले गाविसमा आएर दर्ता गराएकोमा धन्यवाद दिनुभयो । ०५४ साल अषाढ २५ गते सुजिता साक्यसँग काठमाण्डौमा पोख्रेलले मागी बिबाह गर्नुभएको थियो । शाक्य एमाले निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव हुनुहुन्छ ।

0 comments

Post a Comment