नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 10, 2013

आमाले गरिन् छोरीको हत्या

hatya
प्यूठान, २५ असार । आफ्नै कोखबाट जन्मेकी छोरीलाई प्यूठानकी एक निर्दयी आमाले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले आज पत्रकारसम्मेलन गरी जानकारी गराएको छ ।
खलङ्गा–९, बुढाचौर निवासी तुलसीदेवी सुनारले आफन्तको सहयोगमा आफ्नै छोरी किरणको हत्या गरेको सार्वजनिक गरेको हो ।
गतवर्षको घटना बल्ल थाहा पाएको प्रहरीले मृतकको मामा नाता पर्ने लक्ष्मण र दिदी कुसुमको सहयोगमा घरमै कर्तब्य गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
हत्याको स्पष्ट कारण खुल्न नसकेको बताउँदै उहाँले किरणलाई हत्या गरी आफू सुत्ने कोठामा मृतकलाई राखेर भारत गएका थिए ।
भारतीय प्रहरीमा कार्यरत उनका श्रीमान् इन्द्रबहादुर सुनार दुई वर्ष पहिले मृत्यु भएपछि सासुबाहेक सपरिवार भारतमा बस्दै आएका थिए । उनीहरु सबै त्यहाँ बस्दै आएकाले गाउँलेले मृतक किरण पनि उतै भएको हुनसक्ने भन्दै एक वर्षसम्म सम्पर्कमा नरहेकी किरणलाई खोजतलास गरेका थिएनन् ।
भारतको मध्यप्रदेश पुलिसलाइन नेहरुनगर भुपालमा बस्दै आएका उनीहरु गतवर्ष २०६९ जेठमा सपरिवार आफन्त भेट्न गाउँ आएका बेला छोरी किरण फर्कन नमानेपछि आवेगमा हत्या गरेको प्रहरी वयानमा उनीहरुले बताएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
विसं २०६९ जेठ २४ गते भारत जाँदाको अघिल्लो दिन छोरीलाई भारतको चेन्नइमा पढाउन पठाएको भन्ने गाउँमा हल्ला फैलाएपछि यो घटना अहिलेसम्म गुपचुप रहेको थियो । आफ्नै कोखमा हुर्केकी छोरीलाई हत्या गरी गएकी आमा यो वर्ष पुनः आफन्त भेट्न भन्दै सो घटना लुकाउन गाउँ आउँदा छोरी किरण नलिई आएपछि यो घटना बल्ल बाहिर आएको हो ।
यो पटक करिब १० दिन गाउँ बसेकी उनले घरभित्र सडेगलेका मानव हड्डीजस्तै देखिने कङ्काल घरनजिकै जलाएको र छोरीसमेत एकवर्षसम्म कसैको पनि सम्पर्कमा नरहेकाले त्यो उनै छोरी किरणको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई सुराक दिएका थिए ।
स्थानीयको सुराकमा अनुसन्धान गर्न मामा नाता पर्ने लक्ष्मणलाई नियन्त्रणमा लिएपछि सो मानव कङ्काल किरणको नै भएको पुष्टी भएको थियो ।
घरमा एक्लै बस्दै आएकी सासु फुर्सिदेवीलाई बन्द कोठामा अरु कसैलाई पस्न नदिनु र नखोल्नसमेत बुहारी तुलसीदेवीले भनेपछि उनको लास एक वर्षसम्म बन्दकोठामा थुनेर रहेको अवस्थामा भेटिएको थियो ।


0 comments

Post a Comment