नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jul 13, 2013

पार्कमा बसेकी युवतीलाई दिउँसै लिंगबाटै शरीरभरि वीर्य छर्किएपछि

२९ असार, काठमाण्डौं । बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमान्को पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । गत बुधबार मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी आइतबारका लागि तय भएको विवाह समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए । योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन) हुनेवाला श्रीमान् डा. रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन् ।

दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।

हुनेवाला श्रीमान्को पर्खाइमा एकोहोरो सोच बनाएर बसिरहेका बेला सिंहले आफ्नो यौनकुण्ठा मात्र मेटाएनन्, उत्तेजित बन्दै स्खलित भएपछि युवतीको शरीरभरि आफ्नो वीर्य नै छर्किदिए । भावी श्रीमान् आइनपुग्दै सिंहको यौन उत्तेजनाको सिकार भएकी रमिताको छातीलगायत शरीरको अग्रभाग सिंहको वीर्यबाट पूर्ण रूपमा भिज्न पुग्यो । रमिताका दिन बलिया थिए या युवामा अपराध भावना बढ्न नपाएर हो, उनी मध्य दिउँसो बलात्कारबाट भने जोगिन सफल भइन् । पछाडि लुकेर बसेका सिंहले आवेगमा आएर स्वयंमा यौन चाहना मेटाएपछि आफ्नो यौन अंगबाट निस्किएको वीर्य रमिताको शरीरमा छर्के । सोच्नै नसकेको घटना भएपछि पीडित डाक्टर जोडीले नजिकै रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जमा खबर गरे ।

 प्रहरी फसादमा

खबरलगत्तै आएको प्रहरी टोलीले सिंहलार्ई तत्काल पक्राउ गरी कार्यालय पुर्यायो । हुनेवाला श्रीमतीलाई दुव्र्यवहार गरेको भन्दै रामप्रसादले तत्काल उजुरी लेखाए । तर, उजुरीपछि भने प्रहरीलाई निकै फसाद पर्यो । प्रहरीको नजरमा अहिलेसम्म फेला नपरेको प्रकृतिको अपराधका दोषी भेटिएपछि के मुद्दा लगाउने भन्ने अन्योलमा प्रहरीले निकै समय गुजार्नुप¥यो । ‘अपराधीलाई पक्राउ गरेर त ल्याइयो, तर नौलो प्रकृतिको र पहिलो पटक यस्तो केस आएकाले के मुद्दा लगाउने भन्ने अन्योल भयो,’ वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवनकुमार श्रेष्ठले  भने । मुद्दा लगाउन प्रहरीले कानुनका ठेली पल्टायो । आपसमा सल्लाह भयो ।

तर, के मुद्दा लगाउने भन्ने अन्योल हट्न सकेन । अन्योल बढेपछि सरकारी वकिलको रायमा सिंहलाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा चलाउने निर्णय लियो । लगत्तै यौनकुण्ठित सिंहलाई काठमाडौं जिल्ला अदालत लगेर अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति लियो । अनुमति लिन जानुअघि समेत प्रहरीलाई निकै असजिलो भएको थियो । थुनामा राख्ने अनुमति लिन जाँदा घटना विवरण कसरी सुनाउने भन्ने संकोचका कारण केही प्रहरीले त अदालतसम्म जानसमेत आनाकानी गरेका थिए । तर, अनुमति लिनैपर्ने बाध्यताका कारण अदालतमा घटना विवरण सुनाएर म्याद लिएको प्रभागका प्रहरीहरू बताउँछन् । यौन उत्तेजना मेट्न सप्तरी निवासी सिंहले गरेको यो हदसम्मको व्यवहारलाई घटनास्थल पुगेर नियालेका प्रहरी अधिकारीहरूले भने जीवनकै नौलो भएको प्रतिक्रिया दिएको राजधानी दैनिकमा खबर छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘सिंहको हर्कत कुनै अश्लील चलचित्रको दृश्यभन्दा कम थिएन, हामीलाई पनि भन्न सक्ने आँट थिएन, सबै एकअर्काको मुख हेरेर बस्नुप¥यो ।’ यो घटनाले नेपालमा अपराधको नयाँ प्रकृति र तरिकाको रहस्योद्घाटन मात्र गरेको छैन, नेपाली समाज कता जाँदै छ भन्ने गम्भीर चिन्तासमेत थपेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । यो नौलो घटना सार्वजनिक भएसँगै राजधानीका सार्वजनिक स्थलहरू नै सुरक्षित छैनन् भन्ने संकेत गरेको छ । यो घटनाले उपत्यकामा बढ्दो महिला हिंसा र यौनकुण्ठा कुन रूपमा विकसित हुँदै छ भन्ने सन्देश पनि दिएको छ ।

0 comments

Post a Comment