
भण्डारी कांग्रेस निकटस्थ हुन् । गत चैतमा एमाले जिल्ला अधिवेशनका बेला धादिङ सदरमुकाममा आफ्नो भाइ श्रीकृष्ण भण्डारीको हात काटिदिएका कारण चरीमाथि गोली प्रहार गरेको उनले प्रहरीलाई बताएका छन् । धादिङ प्रहरी प्रमुख डीएसपी अशोक सिंहले गत चैतमा चरी समूहका हाक्पा भन्ने सूर्यबहादुर गुरुङसहितको समूहले श्रीकृष्णमाथि आक्रमण गरेको बताए । उनका अनुसार हाक्पा अहिले पुर्पक्षका लागि थुनामा छन् । घटनालगत्तै फरार हाक्पालाई १ महिनाअघि काठमाडौंबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो । त्यस घटनामा चरीको प्रत्यक्ष संलग्नता नरहेको प्रहरीको भनाइ छ ।
0 comments
Post a Comment