
म्याड्रिड(एएफपी), असार ७ - स्पेनको एक अदालतले कर छलेको आरोप लागेका बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई अदालतमा हाजिर हुन बिहीबार आदेश दिएको छ । मेसीलाई सेप्टेम्बर १७ मा अदालतमा उपस्थित हुन बार्सिलोनास्थित सम्बन्धित निकायका प्रवक्ताले बताएका छन् । चारपल्टका फिफा वर्ष खेलाडी २५ वर्षीय मेसी र उनका बावु होरासियोमाथि ५ मिलियन डलर कर छलेको आरोप छ ।
0 comments
Post a Comment