नया नया रोचक तथा सेक्सी कथा पढ्न यहाँ क्लिक गर्नुहोस

अन्य भिडियो तथा मनोरन्जनात्मक कुराहरु हेर्न यहाँ क्लिक गर्नुहोस

दायाबायाँ हेरर सुत्तुकै क्लिक गर्नुहोस नत्र लाज हुन सक्छ.

Jun 4, 2013

मधेसमा जन्मिए ३० पार्टी ! भोट कसलाई दिने ?



काठमाडौं । आगामी संविधानसभाको चुनावमा मधेस मुद्दामा केन्द्रित मधेसी दलहरुमध्ये
कसलाई जिताउने भन्नेमा मधेसी जनता अन्यौलमा पर्ने भएका छन् । किनभने, मधेसलाई नै
केन्द्रित गरेर ३० भन्दा बढी दलहरुले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवेदन
दिएका छन् । गजेन्द्रनारायण सिंहले खोलेको सद्भावना पार्टीका नाममा मात्रै पाँचवटा
पार्टीहरुले दर्ताका लागि १० हजार हस्ताक्षरसहित आवेहन दिएका छन् भने विगत
संविधानसभामा एउटै रहेको मधेसी जनअधिकार फोरमका नाममा पनि पाँच वटा दलले अर्ताको
आवेशन दिएका छन् । त्यस्तै तमलोमा पनि चोइटिएर दर्ता भएको छ ।

एउटै मधेसको मुद्दामा मिल्न नसकेर ३० वटासम्म दलहरु दर्ता भएपछि मधेसी जनताको भोट
बाँडिने निश्चित छ । केही दलहरुले आपसमा चुनाबी तालमेल गरिने बताए पनि क-कसको
मोर्चा बनाउने भन्नेमा उपेन्द्र यादव, विजय गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुर
लगाउतका नेताहरुमा अन्यौल छ । एकातिर भैरहेकै मधेसी दलहरु मिल्न सकेका छैनन्,
अर्कातर्फ नयाँ दलहरु पनि च्याउ जस्तै गरी उमि्रएका छन् । अब मधेस मुद्दामा जोड
दिने मधेसी समुदायका नेताहरुले यति धेरै दलमध्ये कुनलाई जिताउने ? मधेसका मतदाता
पनि अलमलमा छन् र दलका नेताहरु पनि ।
निर्वाचन आयोगले जेठ १६ सम्म गरेको दलदर्ताको आह्वानका क्रममा मधेसमा आधारित दलहरु
यस्ता छन् :
१. तराई मधेस लोकतान्त्रिक पार्टी- महन्थ ठाकुर
२. तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल- महेन्द्रराय यादव
३. नेपाल लोकतान्त्रिक समाजवादी उपेन्द्र गच्छदार
४. सद्भावना पार्टी- राजेन्द्र महतो
५. सद्भावना आनन्दीदेवी- भास्कर गुप्ता
६. संघीय सद्भावना पार्टी-अनील कुमार झा
७. राष्ट्रिय सद्भावना पार्टी-कैशलेन्द्र शर्मा
८. नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)- विकास तिवारी
९. मधेसी जनअधिकार फोरम- उपेन्द्र यादव
१० मधेसी जनआधिकार फोरम लोकतान्त्रिक विजय गच्छदार
११. मधेसी जनअधिकार फोरम गणतान्त्रिक राजकिशोर यादव
१२. राष्ट्रिय मधेस समाजवादी पार्टी- शरतसिंह भण्डारी
१३. मधेस तराई फोरम- अमरप्रसाद यादव
१४. मधेसी जनअधिकार फोरम मधेस- भाग्यनाथप्रसाद साह
१५. नेपाली जनता दल हरिचरण साह
१६. नवनेपाल निर्माण पार्टी- विजयकुमार लोहिया
१७. राष्ट्रिय मेधस बहुजन समाज पार्टी- इन्तु राय यादव
१८. जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स- भोलाप्रसाद मुखिया
१९. लोकतान्त्रिक जनता पार्टी नेपाल-विमल ठाकुर
२०. संघीय समावेशी समाजवादी पार्टी, अशोककुमार ठाकुर
२१. सोसल रिपब्लिकन पार्टी- रामबाबु राय यादव
२२. पिछडा वर्ग निषाद दलित जनजाति पार्टी- पि्रतम मुखिया
२३. नेपाल जनसमावेसी एकता पार्टी- बिर्सुलाल उराव
२४. राष्ट्रिय जनता दल – भरतप्रसाद महतो
२५. विश्व सत्यवादी पार्टी – रामबाबु सिंह
२६. मधेस समता पार्टी- मेघराज नेपाली निषाद
२७. राष्ट्रिय मधेस एकता पार्टी- मधुसुधनप्रसाद सिंह
२८. राष्ट्रिय जनविकास पार्टी- गुलाब मिकरानी
२९. नेपाल मधेसी जनता दल- सेख अब्दुल सलाम
३०. युवा नेपाल पार्टी- राजेशकुमार झा

0 comments

Post a Comment